Headline

सन्दिपको कप्तानीमा श्रीलंका र युएई भ्रमणको लागि नेपाली टोली सार्वजनिक 

Published

on

आगामी मार्च १३ तारिकबाट दुबईमा आयोजना हुने विश्वकप लिग टु अन्तर्गतको आफ्नो तेश्रो त्रिकोणात्मक शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले

नेपाल हाल लिग टु को अंक तालिकामा छैटौं स्थानमा रहेको छ । ८ खेल मात्रै खेलेको नेपालको ८ अंक रहेको छ भने ओमान २३ खेलबाट ३० अंक सहित शिर्ष स्थानमा छ । स्कटल्याण्ड १२ खेलबाट १६ अंक सहित दोश्रो, अमेरिका १६ खेलबाट १४ अंक सहित तेश्रो र युएई १० खेलबाट १२ अंक सहित चौथो स्थानमा छ ।

पाचौं स्थानमा रहेको नामिबियाको ९ खेलबाट १० अंक छ । २०२३ बिश्वकपको छनोटको आधार रहेको लिग टु को शिर्ष स्थानमा रहने तीन टोलीले बिश्वकप ग्लोबल छनोटको टिकट काट्ने छन् भने तल रहेका चार टोलीले च्यालेन्ज लिग ए र बी का बिजेतासँग प्लेअफ खेल्ने छन् । प्लेअफबाट दुई टिम बिश्वकप छनोटमा पुग्ने छन् ।

युएईमा मार्च १६ देखि २२ सम्म हुने सिरिज अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा पिएनजीसँग शारजाह स्टेडियममा खेल्नेछ । दुबई क्रिकेट स्टेडियममा आयोजक युएई र नेपालबीच दोश्रो खेल मार्च १८ मा हुनेछ ।नेपालको तेश्रो मार्च २१ मा हुनेछ भने त्यसको भोलिपल्टै नेपालले दुबईमा पिएनजीबिरुद्ध खेल्नेछ ।

नेपाली टोली : सन्दिप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, गुलशन झा, करण केसी, अनिल कुमार शाह, विनोद भण्डारी, रोहित कुमार पौडेल, करण केसी, सोमपाल कामी, सुशन भारी, राजु रिजाल, भिम सार्की र पवन सर्राफ

Click to comment

Trending