Headline

भारतले आयरल्याण्डको भ्रमण गर्ने 

Published

on

भारतीय क्रिकेट टोलीले आगामी जुनमा ट्वान्टी ट्वान्टी शृंखलाका लागि आयरल्याण्डको भ्रमण गर्ने भएको छ । आयरल्याण्ड क्रिकेट बोर्डले भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले आयरल्याण्ड भ्रमणका क्रममा दुई ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्न राजी भएको जनाएको छ ।

आयरल्याण्ड क्रिकेट बोर्डले शृंखलाका दुबै खेल मालाहाइडमा खेलाइने जनाए पनि यसका लागि भने स्वीकृति लिन बाँकी रहेको जनाएको छ । शृंखला अन्तर्गतको पहिलो खेल जुन २६ मा र दोश्रो तथा अन्तिम खेल जुन २८ मा आयोजना हुनेछ ।

भारतले इंग्ल्यान्ड भ्रमणका क्रममा समय मिलाएर आयरल्याण्डसँग शृंखला खेल्न लागेको हो । आयरल्याण्ड क्रिकेट बोर्डले भारत एक खेलका लागि मात्र भए पनि आफ्नो देशको भ्रमण गरेको खण्डमा एक वर्ष भन्दा बढीको बजेट बराबरको आम्दानी हुने जनाएको थियो ।

भारत बाहेक न्युजिल्यान्ड र दक्षिण अफ्रिकाले पनि जुलाई र अगस्टमा आयरल्याण्डको भ्रमण गर्ने भएका छन् । न्युजिल्यान्डले आफ्नो भ्रमणका क्रममा समान ३-३ ट्वान्टी ट्वान्टी र एकदिवसीय खेलको शृंखला खेल्ने छन् भने दक्षिण अफ्रिकाले दुई ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलको शृंखला खेल्ने छ ।        

Click to comment

Trending