Headline

ट्वान्टी ट्वान्टी वरियतामा कुशल र सन्दिप यथास्थानमा रहँदा दिपेन्द्रको खस्कियो     

Published

on

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो ट्वान्टी ट्वान्टी वरियतामा नेपाली टोलीका कप्तान सन्दिप लामिछाने र ओपनर कुशल भुर्तेल यस अघिको वरियताको यथास्थानमा रहँदा मध्यक्रमका ब्याटर दिपेन्द्र सिंह ऐरीको भने घटुवा भएको छ ।

पछिल्लो वरियता अनुसार कुशल ब्याटरको ३१ औँ  स्थानमा रहेका छन् भने दिपेन्द्र ५० औं स्थानमा रहेका छन् । यस अघिको वरियतामा कुशल ३१ औँ स्थानमा रहेका थिए भने दिपेन्द्र ४९ औँ स्थानमा थिए । त्यस्तै कप्तान सन्दिप लामिछाने यस अघि ३६ औँ स्थानमा रहेका थिए भने यस पटक पनि त्यही स्थानमा यथावत रहेका छन् ।    

युवा ओपनर कुशल नेपालबाट वरियतामा सबैभन्दा उच्च स्थान ओगट्ने नेपाली खेलाडी हुन् । हालै ओमानमा सम्पन्न ट्वान्टी ट्वान्टी विश्वकप छनोट भन्दा अघिको वरियतामा ४२ औँ स्थानमा रहेका कुशल ३९ औँ हुँदै ३६ औँ स्थानमा उक्लिएका हुन् । कुशलले फिलिपिन्स विरुद्ध आफ्नो करिअरकै पहिलो अन्तर्राष्ट्रिय शतक बनाउने क्रममा १ सय ४ रन जोडेका थिए भने तेश्रो स्थानका लागि भएको खेलमा ओमान विरुद्ध अविजित अर्धशतकीय पारी पनि खेलेका थिए ।

सन्दिपले ओमानमा आयोजना भएको चार देशीय शृंखलाका क्रममा तीन खेलमा तीन विकेट तथा विश्वकप छनोटका पाँच खेलमा कुल १२ विकेट हात पारेका थिए ।   

ओमान भ्रमणका क्रममा निकै उच्च फर्ममा रहेका दिपेन्द्रले दुई अर्धशतक सहित ३०१ रन प्रहार गर्नुका साथै सात विकेट आफ्नो नाममा लेखाउन सफल भएका थिए ।   

Click to comment

Trending