Headline

म्यानचेस्टर युनाइटेड कि लिभरपुल ? कसले धेरै उपाधि जितेको छ ?

Published

on

म्यानचेस्टर युनाइटेडका प्रसिद्ध प्रशिक्षक सर एलेक्स फर्गुसनले एक समय उनको मुख्य लक्ष्य भनेको नै चिरप्रतिद्वन्द्वी क्लब लिभरपुललाई पछि पार्नु रहेको बताएका थिए । उनी आफ्नो बोलीलाई यथार्थमा परिणत गर्न पनि सफल रहे ।

स्कटिस म्यानेजरले आफ्नो कार्यकालमा म्यानचेस्टरलाई १३ प्रिमियर लिग, पाँच एफए कप र तीन च्याम्पियन्स लिगको उपाधि दिलाए । 

पछिल्ला केही वर्षहरूमा उल्लेख्य प्रदर्शन गर्न नसकेको लिभरपुलका लागि योर्गेन क्लोपले सन् २०१९ मा च्याम्पियन्स लिग तथा सन् २०२० मा प्रिमियर लिगको उपाधि दिलाउँदै लिभरपुल अझै पनि कुनै पनि टोलीसँग प्रतिस्पर्धा गर्न सक्दछ भनेर प्रमाणित पनि गरे ।

लिभरपुल र युनाइटेड मध्य कुन क्लब मध्य कुन क्लब बढी सफल भन्ने विवाद सधैँ चलिरहन्छ । त्यस्तै समर्थनहरू पनि आफ्नो क्लब सफल भन्दै दावी पनि गर्दछन् ।

हाल सम्म युनाइटेडले ६६ वटा उपाधि चुम्दा लिभरपुलले ६४ वटा उपाधि आफ्नो नाममा लेखाउन सफल भएको छ । यदि कम्युनिटी सिल्डलाई छाड्ने हो भने युनाइटेडले ४५ वटा तथा लिभरपुलले ४९ वटा उपाधि हात पारेका छन् ।

धेरैले कम्युनिटी सिल्डलाई ठुलो उपलब्धि नमाने पनि एफए भने यसलाई प्रमुख उपाधिका रुपमा मान्यता दिएको छ ।        

प्रतियोगिता  म्यानचेस्टर युनाइटेड  लिभरपुल 
प्रथम श्रेणी / प्रिमियर लिग  २०  १९ 
एफए कप  १२  ७ 
लिग कप  ५  ९ 
युएफा कप / च्याम्पियन्स लिग  ३  ६ 
युरोपा कप  १  ३ 
कप विनर्स कप  १  ० 
युएफा सुपर कप  १  ४ 
फिफा क्लब विश्वकप  १  १ 
इन्टरकन्टिनेन्टल कप  १  ० 
कम्युनिटी सिल्ड  २१  १५ 
जम्मा  ६६  ६४ 

Click to comment

Trending