Headline

शाहीनको लाहोरलाई पहिलो पटक पाकिस्तान सुपर लिग उपाधि

Published

on

मुल्तान सुल्तान्सलाई ४२ रनले पराजित गर्दै लाहोर कलन्दर्सले पहिलो पटक पाकिस्तान सुपर लिगको उपाधि जितेको छ ।

लाहोरमै भएको फाइनलमा ब्याटिँग र बलिँग दुवै तर्फ आफ्नो दबदबा कायम राख्दै लाहोरले पहिलो पटक उपाधि आफ्नो नाममा रह्यो । मिडल अर्डरले गति दिएपछि लाहोरले पहिलो ब्याटिँग गर्दै पाँच विकेटको क्षतिमा १ सय ८० रन बनायो ।

कप्तान शाहीन शाह अफ्रिदी र हरिस रौफ जस्तो बिश्वस्तरीय बलिँग आक्रमणसामु केही गर्न नचलेको मुल्तान १९ दशमलव ३ ओभरमा १ सय ३८ रनमै अल आउट भयो । ६३ रनमै पाँच विकेट गुमाएको मुल्तानलाई टिम डेविड र खुशिदिल शाहले खेलमै कायम राखेपनि शाहीन र रौफले दुवैलाई पेभिलियन फर्काएदै लाहोरको जित पक्का गरेका थिए ।

छैटौं विकेटका लागि ५१ रनको साझेदारी गरेका शाहले २३ बलमा ३२ र डेविडले १७ बलमा २७ रन बनाए । शाहीनले चार ओभरमा ३० रन खर्चदै तीन विकेट लिए भने मोहम्मद हफिज र जमन खानले २–२ विकेट हात पारे ।

यसअघि पहिलो ब्याटिँग गरेको लाहोरले खराब शुरुवात गर्दा २५ रनमै पहिलो तीन विकेट गुमाएको थियो । त्यसपछि हफिज लाहोरको उद्दारका लागि खरो उभिए । उनले कमरन गुलाम (१५) सँग ५४ र ह्यारि ब्रुकसँग ५८ रनको महवपूर्ण साझेदारीहरु गरेका थिए ।

हफिजले ४६ बलमा ६९ रन बनाउदा ९ चौका र एक छक्का प्रहार गरे । ब्रुक र डेविड विजले लाहोरलाई चुनौतिपूर्ण योगफलतर्फ धकेलेका थिए । १६ बलमै ५३ रनको साझेदारी गर्दा विजले ८ बलमा तीन छक्का र एक चौकाको मद्दतमा २८ रनको निर्णायक पारी खेलेका थिए ।

ब्रुकले २२ बलमा नटआउट ४१ रन जोडे । उनको इनिङ्गसमा तीन छक्का र दुई चौका सामेल रह्यो । मुल्तानका लागि आसिफ अफ्रिदीले तीन विकेट लिए ।

Click to comment

Trending