Headline

पेनाल्टी स्पेसलिस्ट किपरले पेनाल्टी मिस गरेपछि लिभरपुललाई उपाधि

Published

on

इंगलिस लिग कपको नाटकीय फाइनलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै लिभपुरलले किर्तिमानी नवौं उपाधि जितेको छ ।

वेम्बलीमा भएको फाइनलमा निर्धारित ९० र ३० मिनेटको अतिरिक्त समयमा दुवै तर्फबाट कुनै गोल हुन नसकेपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो । केपा अरिजाबालागालाई अतिरिक्त समयको अन्त्यमा पेनाल्टी स्पेसियलिस्ट किपरको रुपमा मैदान प्रवेश गराएका चेल्सी व्यवस्थापक थोमस टुचेल त्यसैमा असफल रहे ।

लिभरपुल गोलकिपर काओम्हीन केलेहरले सडेन डेथमा ११ औं पेनाल्टी गोलमा परिणत गर्दा केपाले आकाशिएको शट प्रहार गरेपछि चेल्सी चुकेको थियो ।

दुवैतर्फबाट उत्कृष्ट रहेको फाइनलमा चेल्सीको तीन गोलले अफसाइडका कारण मान्यता पाएको थिएन भने मेसन माउन्टले दुई सुनौलो अवसर खेर फालेका थिए । यद्दपि लिभरपुललाई बराबरीमा रोक्न गोलकिपर एडुवार्ड मेन्डीले पनि महत्वपूर्ण बचाउहरु गरेका थिए ।

लिभरपुलले किर्तिमानी उपाधि जित्दा योर्गन क्लब ट्रफि चुम्ने पहिलो जर्मन व्यवस्थापक पनि बनेका छन् । क्लोपको आगमनपछि यसअघि खेलिएका दुई फाइनलमा उनले हारको सामना गरेका थिए ।

यो उपाधिसँगै लिभरपुल यो सिजन चार उपाधि जित्ने दौडमा कायमै रहेको छ । प्रिमियर लिगमा एक खेल हातमा रहेको लिभरपुल शिर्ष स्थानको म्यानचेस्टर सिटीसँग मात्र तीन अंकको दुरीमा रहेको छ भने उसले एफए कपको पाचौं चरणमा बुधबार नर्विचको सामना गर्दैछ ।

पहिलो लेगमा इन्टर मिलानलाई हराएको लिभरपुल च्याम्पियन्स लिगको अन्तिम ८ पुग्न एक बराबरी नै पर्याप्त रहेको छ ।

Click to comment

Trending