Headline

ऐयरको लगातार तेश्रो अर्धशतकमा भारतको क्लिन स्विप 

Published

on

श्रेयस ऐयरले लगातार तेश्रो अर्धशतक प्रहार गरे पछि घरेलु टोली भारतले श्रीलंका विरुद्धको तेश्रो तथा अन्तिम ट्वान्टी ट्वान्टी खेलमा ६ विकेटको जित निकाल्दा शृंखलामा क्लिन स्विप गरेको छ । भारतले तीन खेलको शृंखला ३-० ले आफ्नो पक्ष्यमा पारेको हो ।

ऐयरले अविजित रहँदै अर्धशतक प्रहार गरे पछि भारतले श्रीलंकाले दिएको १४७ रनको सामान्य लक्ष्य १६ दशमलब पाँच ओभर खेल्दै चार विकेट गुमाएर पार गरेको थियो ।  

ऐयरको जारी शृंखलामा यो तेश्रो अर्धशतक हो । खेलको प्लेयर अफ द म्याच घोषित ऐयरले ४५ बलको सामना गर्दै नौ चौका र एक छक्का प्रहार गर्दै अविजित ७३ रन बनाए । त्यस्तै शृंखलाको प्लेयर अफ द सिरिज घोषित उनले पहिलो खेलमा अविजित ५७ रन बनाउनुको साथै दोश्रो खेलमा अविजित ७४ रनको योगदान दिएका थिए ।

ओपनिङमा आएका कप्तान रोहित शर्मा पाँच रनमा आउट भए पनि ऐयरले १२ बलमा १८ रन बनाएका अर्का ओपनरसँग दोश्रो विकेटका लागि ४५ रनको साझेदारी गर्दै आफ्नो टोलीको पारी सम्हाले भने १५ बलमा अविजित २२ रनको पारी खेलेका रविन्द्र जडेजासँग पनि पाँचौं विकेटका लागि अविजित ४५ रनको साझेदारी गर्दै भारतको जित सुनिश्चित गरेका हुन् ।

त्यस बाहेक दिपक हूडा २१ तथा भेंकटेश ऐयर पाँच रन बनाएर आउट भए ।

श्रीलंकाका लाहिरु कुमाराले दुई विकेट हात पार्दा दुश्मन्था चमिराचमिका करुनारत्नेले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।

यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले खराब सुरुवात गरे पनि कप्तान दासुन शनाकाले अविजित रहँदै अर्धशतक प्रहार गरे पछि पुरै २० ओभर खेल्दै पाँच विकेट गुमाएर १४६ रनको मध्यम योगफल खडा गर्न सक्यो ।

श्रीलंकाको तर्फबाट छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका कप्तान शनाकाले ३८ बलमा नौ चौका र दुई छक्काको मद्धतमा अविजित ७४ रन बनाए । १२ दशमलब एक ओभरमा ६९ रन हुँदा पाँच विकेट गुमाएर सानो योगफलमा खुम्चिने अवस्थामा रहेको श्रीलंकाका लागि  कप्तान शनाकाले १९ बलमा १२ रनको पारी खेलेका चमिका करुनारत्नेसँग मिलेर छैटौँ विकेटका लागि ८६ रनको साझेदारी गर्दै सम्मानजनक योगफल सम्म पुर्याए ।

श्रीलंकाका ओपनर दनुश्का गुनथिलाका गोल्डेन डकआउट हुँदा अर्का ओपनर पथुम निसंकाले पनि एक रन भन्दा जोड्न सकेनन् । त्यस्तै चरिथ असलंका चार तथा जनित लियानगे नौ तथा विकेट किपर ब्याटर दिनेश चन्दिमल २२ रन जोड्दै पेभेलियन फर्किए ।

श्रीलंकालाई सानो योगफलमा रोक्ने क्रममा आवेश खानले दुई तथा मोहम्मद सिराज, हर्षल पटेल र रवि बिश्नोईले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।             

   

 

Click to comment

Trending