Headline

राष्ट्रिय टोली स्टार अञ्जन बिष्ट झापाका मार्की खेलाडी

Published

on

नेपाल सुपर लिग टोली झापा एफसीले राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण खेलाडी अञ्जन बिष्टलाई आफ्नो मार्की खेलाडीको रुपमा सार्वजनिक गरेको छ ।

आइतबार एक कार्यक्रमकाबीच लिगको नव प्रवेशी टोलीले अन्जनलाई मार्की खेलाडीको रुपमा घोषणा गरेको हो । दोश्रो संस्करणको नेपाल सुपर लिग चैत्र २३ गतेदेखि शुरु हुन गइरहेको छ । झापासँगै इलाम र वीरगञ्ज अन्य दुई नयाँ टोलीको रुपमा रहेका छन् ।

अञ्जन यसअघि ललितपुर सिटी एफसीका मार्की खेलाडी रहेका थिए । झापाले अन्जनसँग कुनै पनि एनएसएल टोलीले खेलाडीसँग गरेको अहिलेसम्म कै ठूलो सम्झौता रहेको दाबी गरेको छ ।

क्लबले उनलाई अनुबन्ध गरेको रकम भने खुलाएको छैन । क्लबका बोर्ड सदस्य सुजन गौतमले आफ्नो टोलीले अक्सनका दौरान धेरै भन्दा धेरै झापाको खेलाडीहरु लिने बताए । “हाम्रो टोली लिगकै दावेदारीमा जाने अठोटका साथ अघि बढेका छौं । यसका लागि हामीलाई निकै अनुभवी खेलाडीको आवश्यकता रहेको थियो । यसमा अञ्जन हाम्रो लागि फिट पनि छन्,” गौतमले भने ।

अन्जनले आफूलाई टिमको वातावरणले झापामा जानका लागि आकर्षित गरेको बताए । “मैले आफ्नो अनुभवले टिमका लागि जति जे गर्न सक्छु गर्नेछु । झापा एफसी नेपाली फुटबल बिकासलागि केही गर्न भनेर अघि बढेको छ । यो शुरुवात हो र मलाई लाग्छ भविष्यमा गएर हामी धेरै गर्न सक्छौं,” अञ्जनले भने ।

Click to comment

Trending