Headline

‘मेरो तीन बर्षकी छोरीले पनि त्यो पेनाल्टी हो भन्दिने थिइन्’

Published

on

म्यानचेस्टर सिटीसँग १–० ले पराजित भएपछि चेल्सी लेजेण्ड तथा एभर्टन व्यवस्थापक फ्रांक लाम्पार्डले आफ्नो तीन बर्षिया छोरीले पनि खेलमा पेनाल्टी दिइनु पर्ने ज्ञान हुने भन्दै असन्तुष्टि पोखेका छन् ।

शनिबार भएको खेलमा फिल फोडेनले ८२ औं मिनेटमा गोल गरेपछि सिटीले १–० को जित हात पार्दै ६ अंकको अग्रता बनायो । हारले एभर्टन अझै पनि रेलिगेसनको खतरामा रहेको छ । एभर्टर रेलिगेसन जोनबाट मात्र एक अंकको दुरीमा छ ।

खेलको अन्त्यतिर सिटीको बक्समा हात फैलिएको अवस्थामा ह्याण्डबल भएको थियो । रेफ्रि पउल टियर्नीले त्यसलाई पेनाल्टी दिएनन् भने भिडियो असिस्टेन्ट रेफ्रिले त्यो स्पष्ट गल्ति नभएको ठहर गरेका थिए । “त्यो घटना हेर्नेले त्यसलाई पेनाल्टी होइन भन्ने मान्छेहरु कोही भेटिदैन । यसलाई लिएर केही न केही त गरिनै पर्छ,” लाम्पार्डले भने ।

खेल सकिन पाँच मिनेट अघि भएको घटनामा आफ्नो टोलीले पेनाल्टी नभएको तथ्यलाई उनले स्विकार्नै चाहिरहेका थिएनन् । “भारलाई त्यो भिडियो हेर्दै अप्राकृतिक ठाँउमा खेलाडीको हातमा लागेको घटनामा पेनाल्टीको निर्णय लिन दुई मिनेट थियो । मेरो तीन बर्षको छोरी छन् जसले त्यो पेनाल्टी नै हो भनेर निर्णय लिन सक्छिन्,” लाम्पार्डले भने ।

“हामीले एक महत्वपूर्ण अंक गुमायौं किन भने त्यहाँ यस्ता मान्छे थिए जसले आफ्नो काम सहि ढँगले गर्न सकेनन् । यो सबैभन्दा सहज काम थियो, उनको हात फैलिएको थियो र बल कुम भन्दा मुनि लागेको थियो । म त पेनाल्टीका लागि नै कुरिरहेको थिए ।”

पुर्व इंगल्याण्ड स्ट्राइकर एलेन सियररले यो एभर्टनको लागि अन्याय भएको भन्दै थपेः “अंक लिनलाई सिटी यस्तो खराब निर्णयको भर पर्नु परेको नराम्रो हो । सबै कुरा पेनाल्टी तर्फ नै इंगित गर्छ । यो लाजमर्दो निर्णय हो ।”

Click to comment

Trending