Trending

लगातार दोश्रो जित निकाल्दा भारतलाई शृंखला 

Published

on

श्रेयस ऐयररविन्द्रा जडेजाले २६ बलमा अविजित ५८ रनको साझेदारी गरे पछि घरेलु टोली भारतले श्रीलंका विरुद्धको दोश्रो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा सात विकेटको रोमान्चक जित हात पारेको छ । जितसँगै भारतले तीन खेलको शृंखलामा २-० को अग्रता कायम गरेको छ भने एक खेल अगावै शृंखला पनि आफ्नो पक्षमा पार्न सफल भएको छ ।

ऐयरले अर्धशतक तथा जडेजाले आक्रामक पारी खेले पछि खराब सुरुवात गरे पनि १८४ रनको विशाल लक्ष्य पछ्याएको भारतले तीन विकेट गुमाएर १७ बल अगावै लक्ष्य पार गर्यो ।

तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका श्रेयस ऐयरले ४४ बलको सामना गर्दै ६ चौका र चार छक्काको मद्दतमा अविजित रहँदै ७४ रनको पारी खेल्दै भारतलाई सहज जित दिलाए । खेलको प्लेयर अफ द म्याच घोषित ऐयरको जारी शृंखलामा लगातार दोश्रो अर्धशतक हो । यस अघि उनले पहिलो ट्वान्टी ट्वान्टी खेलमा अविजित रहँदै ५७ रनको पारी खेलेका थिए ।  

ओपनिङमा आएका कप्तान एक तथा इशान किशान १६ रनमा पेभेलियन फर्किए पनि ऐयरले तेश्रो विकेटका लागि सन्जु सामसन (२५ बलमा ३९ रन) सँग ४७ बलमा ८४ रनको साझेदारी गरे भने जडेजासँग चौथो विकेटका लागि २६ बलमा अविजित ५८ रन जोडे । १८ बल खेल्दै सात चौका र एक छक्का प्रहार गरेका जडेजा ४५ रनमा अविजित रहे ।

लहिरु कुमाराले दुई विकेट हात पार्दा दुश्मन्था चमिराले एक विकेट आफ्नो नाममा लेखाए भने अन्य बलरहरु विकेट निकाल्न असमर्थ रहे ।

ओपनर पथुम निसंकाले अर्धशतक तथा कप्तान दासुन शनाकाले आक्रामक पारी खेल्दा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पाँच विकेट गुमाएर १८३ रनको चुनौतिपूर्ण योगफल तयार पार्यो ।

ओपनरद्वय निसंकादनुश्का गुनथिलाकाले राम्रो सुरुवात दिलाए पनि मध्यक्रम चल्न नसक्दा श्रीलंकाले विशाल योगफल बनाउनबाट चुक्यो । श्रीलंकाको तर्फबाट निसंकाले ५३ बलमा ११ चौका सहित सर्वाधिक ७५ तथा गुनथिलाकाले २९ बलमा ३८ रनको पारी खेले । उनीहरुले पहिलो विकेटका लागि आठ दशमलब चार ओभरमा ६७ रन जोड्दै राम्रो सुरुवात दिए ।

गुनथिलाकाको विकेटको पतन पछि आएका चरिथ असलंका, कमिल मिशारा र विकेट किपर ब्याटर दिनेश चन्दिमल क्रमश दुई, एक र नौ रनमा पेभेलियन फर्किए । कप्तान शनकाले १९ बलमा दुई चौका र पाँच छक्का सहित अविजित ४७ रन जोड्दा श्रीलंकाले चुनौतिपूर्ण योगफल सम्म बनाउन सक्यो । अन्तिम ओभरमा २३ रन जोडेको श्रीलंकाको पारीको अन्तिम तीन बलमा शनाकाले चौका र दुई छक्का प्रहार गरे ।

Click to comment

Trending