Headline

च्याम्पियन मच्छिन्द्रको ए डिभिजन लिगमा शान्दार अन्त्य

Published

on

शहीद स्मारक ए डिभिजन लिगको अन्तिम र अन्त्यन्तै रोमाञ्चक खेलमा नेपाल एपिएफ क्लबलाई २–१ ले पराजित गर्दै च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले शान्दार अन्त्य गरेको छ ।

दुई खेल अगाडी नै लिग जितेको एपिएफको जितमा १९ बर्षिय अभिषेक गुरुङ र रेजिन सुब्बाले १–१ गोल गरे । प्रदिप लामाले एपिएफलाई खेलमा फर्काउदै बराबरी गोल गरेका थिए । ३५ अंक लिएको मच्छिन्द्रले १२ अंकको अग्रताका साथ लिग उपाधि जित्यो ।

लगातार दोश्रो पटक घरेलु फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जितेको मच्छिन्द्रले ट्रफि सहित ७५ लाख प्राप्त गर्यो । शनिबार नै मनाङ मस्र्याङ्गदी क्लबलाई बराबरीमा रोक्दै दोश्रो भएको त्रिभुवन आर्मी क्लबले ५० लाख पायो भने तेश्रो बनेको न्युरोड टिमले २५ लाख हात पार्यो ।

प्रतियोगिता अवधिभर जम्मा दुई गोल मात्र खाएको मच्छिन्द्रले लिगमा अपराजित रह्यो । ८ बराबरी खेलेको आर्मी अर्को अपराजित टोली रह्यो ।

मच्छिन्द्रले खेलको ४१ औं मिनेटमा अग्रता लिएको थियो । आन्द्रेस नियाले निकालेको थ्रेडिँग पासमा अभिषेक गुरुङ गोलकिपर युया कुरियामा सहित तीन एपिएफ खेलाडीकाको दवाबका बीच कुल फिनिस गर्न सफल भएका थिए ।

एपिएफले ६९ औं मिनेटमा गोल फर्कायो । नविन लामाले निकालेको बलमा प्रदिप लामाले बिशाल श्रेष्ठलाई बिट गर्दै एपिएफको लागि बराबरी गोल गरेका थिए । बिशालले पहिलो खेलपछि अन्तिम खेलमा आएर दोश्रो गोल खाएका हुन् ।

रेजिन सुब्बाले मच्छिन्द्रका लागि बिजयी गोल गरे । नियाँ एक पटक फेरि गोलमा संलग्न रहे । नियाँको थ्रु बलमा रेजिनले अर्को राम्रो फिनिसिँग गर्दै मच्छिन्द्रको उपाधि यात्रालाई शुखद अन्त्य दिएका थिए ।

Click to comment

Trending