Headline

दोश्रो एकदिवसीयमा अफगानिस्तानको फराकिलो हार

Published

on

दोश्रो एकदिवसीयमा अफगानिस्तानलाई ८८ रनको फराकिलो अन्तरले पराजित गर्दै बंगलादेशले तीन म्याचको श्रृंखला एक खेल अगाडी नै कब्जा गरेको छ ।

चट्टोग्राममा शुक्रबार भएको खेलमा लिटन दासले शतक प्रहार गर्दै मुस्फिकुर रहिमसँग दोहोरो शतकीय साझेदारी गरेपछि बंगलादेशले ५० ओभरमा मात्र चार विकेटको क्षतिमा ३ सय ४ रनको बिशाल योगफल खडा गर्यो । अफगानिस्तान ४५ दशमलव १ ओभरमा २ सय १८ रनमै अल आउट भयो ।

३४ रनमै तीन विकेट गुमाएको अफगानिस्तानलाई ओपनर रहमत शाह र नजिबुल्लाह जाद्रानले ८९ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए । तर स्कोरबोर्ड प्रेसरमा अफगानिस्तानले निरन्तर विकेट गुमाउन थाल्यो र ९५ रनमा बाँकी ७ विकेट गुमायो ।

लगातार दोश्रो अद्र्धशतक प्रहार गरेका नजिबुल्लाहले ६१ बलमा ५४ रन बनाउदा ७ चौका प्रहार गरे । शाहले ७१ बलमा ५२ रन जोडे । मोहम्मद नाबीले ३२ र रशिद खानले २९ रन जोडेका थिए । बंगलादेशका लागि तस्किन अहमद र शकिब अल हसनले २–२ विकेट लिए ।

पहिलो खेलमा ४५ रनमै ६ विकेट गुमाएपछि सातौं विकेटका लागि अफिफ होसेन र मेहदी हसन मिराजले उद्दार गर्नु परेको बंगलादेशले दोश्रो एकदिवसीयमा भने सुदृढ ब्याटिँग गर्यो । कप्तान तमिम इक्बाल (७) र शकिब (२०) लाई ८३ रनमा गुमाएपछि लिटनले रहिमसँग तेश्रो विकेटका लागि २ सय २ रनको साझेदारी गर्र्दै बिशाल योगफलतर्फ डोर्याएका थिए ।

पाचौं एकदिवसीय शतक प्रहार गरेका लिटनले १ सय २६ बलमा १६ चौका र दुई छक्काको मद्दतमा १ सय ३६ रन बनाए । मात्र १५ रनले नवौं शतकबाट चुकेका मुस्फिकुरले ९३ बलमा ९ चौका प्रहार गरे । अफगानिस्तानका लागि फरिद अहमदले दुई विकेट लिए ।

Click to comment

Trending