Headline

रेलिगेसनमा परेको ब्रिगेडसँग रोक्किएपछि लिगमा छैटौं स्थानमै सिमित भयो थ्रि स्टार

Published

on

रेलिगेट भइसकेको टोली ब्रिगेड बोइज क्लबसँग बराबरीमा रोक्किएपछि थ्रि स्टार क्लबको ए डिभिजन यात्रा निराशाजनक रुपमा टुँगिएको छ ।

एन्फा कम्प्लेक्समा भएको लिगको अन्तिम चरणको खेलमा थ्रि स्टार ब्रिगेडसँग १–१ गोलको बराबरीमा रोक्कियो । खेलको अन्तिम समयमा डोना थापाले गोल गर्दै थ्रि स्टारको हार टारेका थिए । यो परिणामसँगै थ्रि स्टार लिगमा छैटौं स्थानमै सिमित रहन पुग्यो ।

दोश्रो स्थानसम्मको दाबेदारीमा रहेको थ्रि स्टारको लिग टेबलमा यो पछिल्लो केही बर्ष यताकै खराब पोजिसन हो । खेलमा जित हात पारेको खण्डमा उसले तेश्रो स्थानमा सहेको सातदोबाटो युथ क्लबसँग अंक बराबर गर्ने थियो तर हेड टु हेडको आधारमा थ्रि स्टार पछि पर्ने थियो ।

यद्दपि न्युरोड टिम एनआरटी र मनाङ मस्र्याङ्गदी क्लबले भने आ–आफ्नो अन्तिम चरणको खेल खेल्न बाँकी नै रहेको छ । दुवैको समान २० अंक रहेको छ । थ्रि स्टारको १९ अंक रह्यो ।

उपाधि जितिसकेको मच्छिन्द्र फुटबल क्लबको ३२ अंक रहेको छ भने दोश्रो स्थानको त्रिभुवन आर्मी क्लबको २२ अंक छ ।

शुक्रबार नै दशरथ रँगशालामा भएको खेलमा जावलाखेल युथ क्लबले संकटा क्लबलाई पनि १–१ गोलको बराबरीमा रोक्न सफल भयो । सातौं स्थानमा समाप्त गरेको संकटाको १६ अंक भयो भने जावलाखेल १४ अंकका साथ १० औं स्थानमा लिग समाप्त गर्यो ।

एन्फा कम्प्लेक्समा पहिलो हाफ बराबरीमा टुँगिएपछि ब्रिगेडले ५६ औं मिनेट अग्रता लिएको थियो । गोलकिपरबाट आएको लँग किकमा अफसाइड ट्रयाप बिट गर्दै प्रशान्त तामाङले थ्रि स्टार किपर प्रिस्सोलाई बिट गर्दै गोल गरेका थिए । डोनाले अन्तिम समयमा हुलमुलकाबीच गोल गर्दै थ्रि स्टारको इज्जत जोगाएका थिए ।

Click to comment

Trending