Headline

एपिएफको फाइनल लगभग पक्का, ललितपुर बाहिरियो

Published

on

ललितपुर मेयर ११ लाई ७ विकेटले पराजित गर्दै नेपाल एपिएफ क्लब ललितपुर मेयर महिला च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ ।

शुक्रबार भएको खेलमा ओपनर ज्योति पाण्डेले अद्र्धशतक बनाएपछि एपिएफले मेयर ११ माथि सहज जित हात पार्यो । पहिलो ब्याटिँग गरेको मेयर ११ ले २० ओभरमा ५ विकेट गुमाउदै ८० रन मात्र बनाउन सक्यो ।

एपिएफले १३ ओभरमै लक्ष्य भेट्टायो । लगातार तेश्रो जितसँगै एपिएफले फाइनलमा आफ्नो स्थान लगभग पक्का गरिसकेको छ भने तीन खेलमा जितबिहन मेयर ११ बाहिरिएको छ ।

एपिएफको सहज जित पूर्ण रुपमा ज्योतिकै नाममा रह्यो । उनले ४५ बलमा ११ चौका प्रहार गर्दै नटआउट ५६ रन बनाइन् । रोमा थापाले १७ बलमा ११ रन जोडिन् । रोमा प्रतियोगिताका शुरुवाती तीन वटै खेलमा आउट भएकी छैनन् ।

दुई रनआउट गरेको मयर ११ का लागि अनुराधा चौधरीले एक विकेट लिइन् ।

यसअघि मेयर ११ लाई जम्म दुई ब्याट्स्उमनले प्रमुख योगदान दिदै ८० रनसम्म डोर्याएका थिए । सुमन खतिवडाले ३५ बलमा दुई चौका प्रहार गर्दै ३० विकेट लिइन् भने आरती बिडारीले २४ बलमा दुई चौका हिर्काउदै २१ रन बटुलिन् ।

सुमन र आरतीले पाचौं विकेटका लागि ३२ रनको साझेदारी गरेका थिए । शूरवाती तीन वटै ब्याट्स्उमन रनआउटमा गुमाएको मेयर ११ बिरुद्ध सुमन बिष्ट र करुणा भण्डारीले १–१ विकेट लिएका थिए ।

Click to comment

Trending