Headline

किशन र ऐयरको आक्रामक अर्धशतकमा भारतको फराकिलो जित 

Published

on

ओपनर तथा विकेट किपर इशान किशन र श्रेयस ऐयरले आक्रामक अर्धशतक प्रहार गरे पछि भारतले पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा पाहुना टोली श्रीलंका माथि ६२ रनको फराकिलो जित हात पारेको छ । जितसँगै भारतले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभर खेल्दै दुई विकेट गुमाएर १९९ रनको विशाल योगफल तयार पार्यो भने २०० रनको लक्ष्य पछ्याएको श्रीलंकाले पुरै २० ओभर खेले पनि ६ विकेटको नोक्सानीमा १३७ रन मात्र जोड्न सक्यो ।

भारतको तर्फबाट खेलको म्यान अफ द म्याच घोषित किशनले सर्वाधिक ८९ रन जोडे भने तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका ऐयरले अविजित रहँदै ५७ रनको पारी खेले । त्यस बाहेक कप्तान रोहित शर्माले पनि ४४ रनको योगदान दिए ।

किशन र रोहितले ११ दशमलब पाँच ओभरमा १११ रन जोड्दै भारतलाई उत्कृष्ट सुरुवात दिए । ३२ बल खेल्दै दुई चौका र एक छक्का प्रहार गरेका रोहित लहिरु कुमाराको बलमा आउट भए पनि ५६ बल खेल्दै १० चौका र तीन छक्का प्रहार गरेका किशनले ऐयरसँग मिलेर ४४ रनको साझेदारी गरे ।  

किशनको विकेट पछि ऐयरले आक्रामक पारी खेल्ने तेश्रो विकेटका लागि चार बलमा तीन रन जोडेका रविन्द्र जडेजासँग १८ बलमा ४४ जोड्दै भारतलाई विशाल योगफल सम्म पुर्याए । ऐयरले २८ बल खेल्दै पाँच चौका र दुई छक्का प्रहार गरे ।

श्रीलंकाका कुमारा र दसुन शनकाले समान १-१ विकेट हात पार्दा अन्य बलरहरु विकेट बिहिन रहन पुगे ।

२०० रनको विशाल लक्ष्य पक्ष्याएको श्रीलंकाले सुरुवात देखि नै लगातार रुपमा विकेट गुमाउन पुग्यो । कुनै पनि समय सम्हालिन नसकेको श्रीलंकाको लागि चरिथ असलंकाले अविजित रहँदै ४७ बलमा ५३ रनको पारी खेले भने दुश्माता चमिराले अविजित २४ तथा चमिका करुनारत्नेले २१ रनको योगदान दिए ।

श्रीलंकालाई रोक्ने क्रममा भुवनेश्वर कुमार र वेंकटेश ऐयरले समान २-२ विकेट हात पार्दा युज्वेंद्र चाहल र रविन्द्र जडेजाले पनि १-१ विकेट आफ्नो नाममा लेखाए । कुमारले दुई ओभरमा नौ रन खर्चिए भने ऐयरले तीन ओभरमा ३६ रन खाए ।

 

Click to comment

Trending