Headline

वसिमको शान्दार शतकमा आयरल्याण्डलाई हराउदै युएई च्याम्पियन

Published

on

ओपनर मुहम्मद वसिमले शान्दार शतक प्रहार गरेपछि युएई आयरल्याण्डलाई ७ विकेटले पराजित गर्दै ट्वान्टी ट्वान्टी बिश्वकप छनोट ए को च्याम्पियन बनेको छ ।

अल अमिरात क्रिकेट एकेडेमी ग्राउण्डमा भएको फाइनलमा ब्याटिँगबाट पुनरागमन गर्दै आयरल्याण्डले ६ विकेटको क्षतिमा १ सय ५९ रनको चुनौतिपूर्ण योगफल खडा गरेको थियो । फर्ममा रहेका आफ्ना दुई ब्याट्स्म्यानलाई १२ रनमै गुमाएपछि वसिमले दोश्रो विकेटका लागि रोहन मुस्तफासँग शतकीय साझेदारी गर्दै सहज जित दिलाएका थिए । युएईले ८ बल बाँकी हुँदा लक्ष्य प्राप्त गर्यो ।

पछिल्लो समय निकै उत्कृष्ट लयमा देखिएको युएईले आयरल्याण्डलाई ओमानमा लगातार तेश्रो पटक हराएको हो । उसले चार देशीय श्रृंखला र छनोटको समुह चरणको खेलमा पनि जित हात पारेको थियो ।

५९ बलमा आफ्नो दोश्रो ट्वान्टी ट्वान्टी शतक पुरा गरेका वसिमले ६६ बलमा १ सय १२ रन बनाए । नेपालबिरुद्ध सेमिफाइनलमा पनि ७० रन बनाएका उनले ८ छकका र ७ चौका प्रहार गरे । उनले मुस्तफासँग तेश्रो विकेटका लागि १ सय ४१ रनको बिशाल साझेदारी गरेका थिए ।

मुस्तफाले ३५ बलमा दुई चौकाको मद्दतमा ३७ रन बनाए । आयरल्याण्डका लागि जोश लिटलले दुई विकेट हात पारे ।

कमजोर शुरुवात गरेको आयरल्याण्डले ६७ रनमै ६ विकेट गुमाइसकेको थियो । ह्यारी टेक्टरले त्यसपछि सेन गेटकेटसँग ५५ रनको साझेदारी गर्दै टिमलाई सम्हालेका थिए । टेक्टरले ३७ बलमा ५० रन जोड्दा तीन छक्का र एक चौका प्रहार गरे ।

गेटकेटले १९ बलमा ३० रन प्रहार गर्दा तीन छक्का हिर्काए । मार्क अडेयर (२०) र ब्यारी मकार्थी (१५) ले आयरल्याण्डलाई १ सय ६० रन नजिक पुर्याएका थिए । युएईका लागि मुस्तफा र जाहुर खानले ३–३ विकेट लिए ।

Click to comment

Trending