Headline

रुबिनाको आक्रमक इनिङ्गसमा प्रदेश १ को पहिलो जित

Published

on

कप्तान रुबिना क्षेत्रीले आकर्षक इनिङ्गस खेलेपछि प्रदेश १ ले ललितपुर मेयर महिला च्याम्पियनसिपका पहिलो जित हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा बिहिवार भएको एक मात्र खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा पुनरागमन गर्यो । टस जिति पहिलो ब्याटँग गरेको लुम्बिनीले २० ओभरमा ६ विकेट गुमाउदै ७९ रन मात्र बनाउन सक्यो ।

जवाफमा रुबिनाको आक्रमक इनिङ्गसले प्रदेश १ ले १५ दशमलव ४ ओभरमै जित हात पार्यो । पहिलो विकेटका लागि काजल श्रेष्ठ र रुबिनाले ४२ रन जोडेपछि प्रदेश १ को फराकिलो जितको आधार बनेको थियो ।

काजलले ३३ बलमा तीन चौकाको मद्दतमा २० रन बनाइन् । रुबिनाले ४९ बलमा ४८ रन प्रहार गर्ने क्रममा ७ चौका हिर्काइन् ।

यसअघि पहिलो ब्याटिँग गरेको लुम्बिनीलाई सबनम राईको कसिलो बलिँगले रोेकेको थियो । उनले चार ओभरमा मात्र पाँच रन खर्चदै तीन विकेट हात पारिन् । लुम्बिनीका लागि नेरी थापाले सर्वाधिक ३१ रन बनाउदा ३० बलमा चार चौका प्रहार गरिन् ।

लक्ष्मी चौधरीले २६ बलमा २३ रन बनाईन् । उनको इनिङ्गसमा चार चौका सामेल थियो । यसबाहेक अन्य कुनै पनि लुम्बिनी ब्याट्स्उमनले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

Click to comment

Trending