Headline

ओमान विरुद्ध पहिले बलिङ गर्दै नेपाल, जित हात पार्न सके तेश्रो हुने

Published

on

ट्वान्टी ट्वान्टी विश्वकप छनोट अन्तर्गत तेश्रो स्थानको लागि हुन लागेको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । आजको खेलमा ओमानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।

सेमिफाइनल खेलमा युएईसँग ६८ रनको फराकिलो अन्तरको हार बेहोर्दा नेपालको विश्वकपको सपना चकनाचुर भएको थियो । आजको खेलमा जित निकाल्दै नेपाल सुखद अन्त्य गर्न चाहन्छ ।

आजको खेलमा नेपालले एक मात्र परिवर्तन गरेको छ । तीब्र गतिका बलर जितेन्द्र मुखियाको स्थानमा बायाँ हाते स्पिनर सागर ढकालले सुरुवाती ११ मा स्थान बनाएका छन् ।    

टुरको सुरुवात गर्दा नेपालले चार देशीय ट्वान्टी ट्वान्टी श्रृंखलामा घरेलु टोली बिरुद्ध खेलेको थियो भने विश्वकप छनोटमा पनि दुवै टोली एकै समुहमा रहेको थियो । दुवै पटक नेपालले ओमान बिरुद्ध शानदार जित हात पारेको थियो । नेपाल लगातार तेश्रो जित हात पार्दै ओमान माथि अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ । गत सेप्टेम्बर १९ क्रिकेट विश्वकप लिग टु अन्तर्गतको अन्तिम खेलमा ओमानलाई ७ विकेटले हराएको नेपाल लगातार तीन जितको श्रृंखलामा रहेको छ ।

नेपाली टोली :- सन्दिप लामिछाने (कप्तान), आसिफ शेख, आरिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, अविनाश बोहरा, सागर ढकाल, लोकेश बम, कमल सिंह ऐरी, कुशल मल्ल 

 

Click to comment

Trending