Headline

दिपेन्द्र पूर्व कप्तान पारसको ठुलो किर्तिमान नजिक

Published

on

नेपाली राष्ट्रिय टोलीका मध्य क्रमका ब्याटर ओमान भ्रमणमा निकै उत्कृष्ट फर्ममा छन् । आजको खेलमा उनले २२ रन मात्र बनाउन सके भने उनी नेपालको लागि एउटा ठुलो किर्तिमान बनाउने खेलाडी बन्ने छन् । त्यस्तै दिपेन्द्र नेपालको तर्फबाट ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा आठ सय रन बनाउने पनि पहिलो ब्याटर पनि बन्ने छन् । 

नेपालले चार देशीय ट्वान्टी ट्वान्टी शृंखला र विश्वकप छनोटमा सात खेल खेल्दा दिपेन्द्रले दुई अर्धशतक सहित कुल ३०१ रन जोडिसकेका छन् । उनले चार देशीय शृंखलाको पहिलो खेलमा आयोजक ओमान विरुद्ध अविजित ७३ रन प्रहार गरेका थिए भने फिलिपिन्स विरुद्ध ८३ रनको पारी खेलेका थिए । 

दिपेन्द्रले विश्वकप छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा ओमान विरुद्ध २२ रन प्रहार गरेको खण्डमा उनी नेपाली टोलीका पुर्व कप्तान पारस खड्कालाई पछि पार्दै नेपालको तर्फबाट सर्वाधिक रन बनाउने ब्याटर बन्ने छन् । पारसले नेपालको लागि ३३ खेल खेल्दै ३२ पारीमा ७९९ रन बनाएका छन् भने ३३ खेल नै खेलेका दिपेन्द्रले २९ पारीमा  ७७८ रन बनाएका छन् । 

नाम                               खेल      पारी      अविजित    रन        बल       औसत      स्ट्राइक रेट 
पारस खड्का  ३३  ३२  ३  ७९९  ६२४  २७.५५  १२८.०४ 
दिपेन्द्र सिंह ऐरी  ३३  २९  ६   ७७८  ६२६   ३३.८२   १२४.२८ 
ज्ञानेन्द्र मल्ल  ३९   ३४  १  ७४८  ६०८  २२.६६  १२३.०२  
कुशल भुर्तेल  १० १०  ३  ४४३  ३२३  ६३.२८  १३७.१५ 
शरद भेषावाकर  २०  १९  ५  ३२५  ३२८  २३.२१    ९९.०८  
बिनोद भण्डारी  ३५   २७  ७  ३१९  २९२  १५.९५  १०९.२४ 
आरिफ शेख  २१  १६  २  २९४  २७८  २१.००  १०५.७५ 
आसिफ शेख   १२  १२  १  २४६  १९७  २२.३६  १२४.८७ 

Click to comment

Trending