Headline

एसियन कप छनोटः नेपालको समुहमा एक पटक फेरि जोर्डन र कुवेत

Published

on

२०२३ को एसियन कप छनोटको तेश्रो चरणमा नेपालको समुहमा एक पटक फेरि कुवेत र जोर्डन परेका छन् । एसियली फुटबल महासंघले बिहिबार गरेको ड्रमा दुई बलिया खाडी मुलुक परेका हुन् ।

समुह ए मा रहेको नेपालको पुलमा इन्डोनिसया पनि रहेको छ । नेपालले कुवेत र जोर्डनसँग बिश्वकप र एसियन कप दुवैको संयुक्त छनोट रहेको दोश्रो चरणमा खेलिसकेको थियो । कुवेतामा ७–० ले पराजित भएको नेपाल भुटानमा खेलिएको दोश्रो लेगमा १–० ले हारेको थियो ।

यस्तै जोर्डनसँगका दुवै खेलमा नेपाल ३–० ले पराजित भएको थियो । दोश्रो चरणमा नेपालले अष्ट्रेलिया र चाइनिज ताइपेईबिरुद्ध पनि खेलेको थियो ।

एसियन कप छनोटको तेश्रो चरणबाट कुल ११ टोली चिनमा हुने एसियन कपमा सहभागी हुनेछन् । २४ टिमलाई ६ समुहमा बिभाजन गरिएको तेश्रो चरणबाट शिर्ष स्थानमा रहने टोलीसँगै ५ उत्कृष्ट दोश्रो स्थान हात पार्ने टिमले एसिया कपको टिकट काट्नेछ ।

नेपालको समुहका खेलहरु कुवेतमा हुनेछन् ।

Click to comment

Trending