Headline

ब्रिटिस टेनिस स्टारलाई पछ्याउने नेपाली अमृतलाई दिइयो पाँच बर्षे प्रतिबन्ध आदेश

Published

on

नेपाली मुलका अमृत मगरलाई त्यहाँको अदालतले ब्रिटिस टेनिस स्टार एम्मा राडुकानुलाई पछ्याएको र उनलाई असहज महसुस गराएको आरोपमा पाँच बर्षको प्रतिबन्ध आदेश दिइएको छ ।

३५ बर्षिय मगरले आफ्नो घरदेखि २३ माइलको यात्रा हिड्दै १९ बर्षिय युएस ओपन च्याम्पियनलाई लण्डनस्थित उनको घरसम्म पछ्याउने गरेका थिए । राडुकानुका बुवा इयनले ढोकामा रहेको क्यामरामा मगरको हर्कत देखेपछि बेलायती प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

उत्तर पूर्वी लण्डनको ह्यारोमा बस्दै आइरहेका मगरलाई उनको हरेक अवस्थाबारे अवगत रहन खुट्टामा एक बिधुतीय ट्याग पनि लगाइदिन ब्रोम्ली अदालतले निर्देश दिएको छ ।

एक पटकका डेलिभरी ड्राइभरको रुपमा काम गरेका मगरलाई बिश्व नम्बर १२ को घर बाहिर तीन पटक देखिएको थियो । एक पटक उनी बाहिर बगैचामा क्रिष्मसको रुख सजाउदै बरन्डामा क्रिष्मस गिफ्ट छोडेर गएको देखिएका थिए ।

अर्को एक क्षणमा उनले छोडेर गएको पोस्ट कार्डमा आफूले ह्यारास्थित घरदेखि २३ माइल हिड्दै राडुकानुको घर पुग्दासम्मको नक्सा कोरेर गएका थिए ।

राडुकानुका बुवाले बरन्डामा राखेको उनको प्रशिक्षण गर्दा लाउने जुत्ता नदेखेपछि सिसिटिभीमा खोजेर उनलाई पछ्याएका थिए । युएस ओपनको उपाधि जितेपछि राडुकानु प्रख्यात हुँदा उनीतर्फ आकर्षित भएको मगरले पुलिसलाई बताएका थिए ।

अदालतको निर्णयपछि मगर पाँच बर्षसम्म राडुकानु र उनको परिवारको एक माइल वर–पर आउन पाउने छैनन् भने उनी संलग्न रहेको कुनै पनि स्टेडियम अथवा प्रशिक्षण स्थलमा निषेध पनि गरिएको छ । साथै उनले १८ महिने कम्युनिटी अर्डर अनुसार २ सय घण्टा पारिश्रमिक नलिइ काम गर्नु पर्ने छ भने ८ हप्तासम्म राति ९ बजेदेखि ६ बजेसम्म बिधुतीय ट्यागले मोनिटर गर्ने गरि बाहिर निक्लन प्रतिबन्ध पनि लगाइएको छ ।

Click to comment

Trending