Headline

अफगानिस्तानसँग हारिसकेको खेल जित्दा बँगलादेशको उत्कृष्ट कमब्याक

Published

on

अफिफ होसेन र मेहदी हसन मिराजले उत्कृष्ट शतकीय साझेदारी गरेपछि बँगलादेशले पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा अफगानिस्तानलाई चार विकेटले हराएको छ ।

चट्टोग्राममा जितका लागि २ सय १६ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा बँगलादेशले ४५ रनमै ६ विकेट गुमाइसकेको थियो । २१ बर्षिय फजलहक फारुकीले चार विकेट लिएपछि बँगलादेश लज्जास्पद हारतर्फ अग्रसर रहेको थियो ।

तर होसेन र मिराजले बँगलादेशलाई हारको मुखबाट बाहिर निकाल्दै उत्कृष्ट जित दिलाए । दुई लोवर मिडर अर्डर ब्याट्स्म्यानले सातौं विकेटका लागि नटआउट १ सय १७४ रनको बिशाल साझेदारी गर्दै अफगानिस्तानलाई स्तब्ध पारेका थिए ।

३७ दशमलव ३ ओभर ब्याटँग गरेका अफिफ र मिराजले अफगानिस्तान बलरहरुलाई विकेटको मौका नै नदिदा बंगलादेशले ७ बल बाँकी हुँदा निकै आरामले खेल जित्यो ।

अफिफले १ सय १५ बलमा ११ चौका र एक छक्काको मद्दतमा ९३ रन बनाए । मिराजले १ सय २० बलमा ९ चौका प्रहार गर्दै ८१ रन जोडे ।

यसअघि पहिलो ब्याटिँग गरेको अफगानिस्तानलाई नजिबुल्लाह जाद्रानको अद्र्धशतकले राम्रो योगफलतर्फ धकेलेको थियो । १ सय २ रनमा चार विकेट गुमेपछि नजिबुल्लाहले पाचौं विकेटका लागि मोहम्मद नाबी (२०) सँग ६३ रन जोड्नुका साथै अन्य ब्याट्स्म्यानहरुसँग मिलेर टिमलाई २ सय रन नघाएका थिए ।

नजिबुल्लाहले ८४ बलमा चार चौका र दुई छक्काको मद्दतमा ६७ रन बनाए । उनको इनिङ्गसमा चार चौका र दुई छक्का सामेल थियो । रहमत शाहले ६९ बलमा ३४ रन बनाए भने हस्मतुल्लाह शाहिदीले ४३ बलमा २८ रन बनाएका थिए ।

बंगलादेशका लागि मुस्तफिजुर रहमानले तीन विकेट लिए भने टास्किन अहमद, शकिब अल हसन र सोरिफुल इस्लामले २–२ विकेट लिएका थिए ।

Click to comment

Trending