Headline

मेयर महिला च्याम्पियनसिपः एपिएफ फाइनलबाट एक जित दाढा

Published

on

डिफेन्डिँग च्याम्पियन नेपाल एपिएफ क्लबले ललितपुर मेयर महिला च्याम्पियनसिपमा लगातार दोश्रो जित हात पारेको छ । बुधबार त्रिवि मैदानमा भएको खेलमा एपिएफले सुदुर पश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको थियो ।

प्रतियोगिताको फाइनल दाबेदार दुवै टोलीमाथि एपिएफले ६ विकेटको जित हात पारेको हो । यसअघि पहिलो दिन एपिएफले प्रदेश १ लाई पनि त्यही अन्तरले पराजित गरेको थियो । यो जितसँगै एपिएफ अब फाइनलबाट मात्र एक जित टाढा रहेको छ ।

संयुक्त बलिँग प्रयासमा एपिएफले सुदुरलाई २० ओभरमा ८९ रनमै समेटेको थियो । अनुशासित बलिँग गर्न चुकेको सुदुरबिरुद्ध रोमा थापा र ममता चौधरीले पाचौं विकेटका लागि ४३ रनको साझेदारी गरेपछि एपिएफले १६ दशमलव ५ ओभरमा ९० रन बनायो ।

इश्वरी बिष्टले दुई विकेट लिएपछि एपिएफले ४७ रनमै आफ्नो शिर्ष चार ब्याट्स्उमनलाई गुमाएको थियो । रोमाले २९ बलमा २३ रन बनाउदै एपिएफको जित सहज बनाइन् । ममताले १४ रन जोडिन् । सुदुरले खेलमा १९ अतिरिक्त रन दिएको थियो ।

यसअघि पहिलो ब्याटिँग गर्ने निर्णय गरेको सुदुरबिरुद्ध सोनु खड्काले तीन तथा करुण भण्डारी र कप्तान सीता राना मगरले समान २–२ विकेट लिदै एक सय रन बनाउन बाट रोकेका थिए ।

१८ अतिरिक्त रन पाएको सुदुरका लागि कविता कुँवरले सर्वाधिक १८ रन जोडिन् । १५ बलमा उनले एक छक्का र एक चौका प्रहार गरिन् । यस्तै बिन्दु रावल र डली भट्टले समान ११ रन जोडेका थिए ।

Click to comment

Trending