Headline

भ्लाहोभिचले तोडे च्याम्पियन्स लिग डेब्युमा सबैभन्दा छिटो गोल गर्ने २७ बर्ष पुरानो किर्तिमान

Published

on

सर्बियन दुसान भ्लाहोभिच च्याम्पियन्स लिग डेब्युमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी बनेपनि इटालियन टोली युभेन्टस च्याम्पियन्स लिग अन्तिम १६ को आफ्नो पहिलो लेगमा स्पेनिस क्लब भिलारियालसँग १–१ गोलको बराबरीमा रोक्किएको छ ।

गत महिना फियोरेन्टिनाबाट ५८ मिलियन पाउण्डमा युभेन्टस आएका २२ बर्षिय भ्लाहोभिचले ड्यानिलोको लामो पासलाई बटुल्दै ३२ सेकेण्डमै गोल गरेका थिए । यस क्रममा भ्लाहोभिचले २७ बर्ष पुरानो किर्तिमान भँग गरेका हुन् ।

यसअघि च्याम्पियन्स लिग डेब्युमा सबैभन्दा छिटो गोल ३८ सेकेण्डमा रहेको थियो । १९९५ मा एन्डी मोलरले बोरुसिया डर्टमण्डका लागि युभेन्टसबिरुद्ध उक्त किर्तिमान कायम राखेका थिए ।

“मेरो लागि डेब्युमै गोल गर्नु नै ठूलो कुरा भइसकेको छ । म निकै भावुक भए । तर हामी खेल जित्न असफल रहेकोमा भने म पूर्ण रुपमा सन्तुष्ट हुन सक्दिन । व्यक्तिगत रुपमा मैले यो खेल नै बिर्सिसके, अब आगामी दिनहरुका बारे सोच्ने हो,” भ्लाहोभिचले भने ।

भ्लाहोभिचका लागि मँगलवारको खेल नै युरोपमा उनको सबैभन्दा ठूलो खेल थियो । यसअघि उनले १६ बर्षे फुटबलरको रुपमा घरेलु क्लब पार्टिजन–बेलग्रेडका लागि युरोपा लिग छनोट खेलेका थिए ।

अवे खेलमा भ्लाहोभिचको गोलले ३२ सेकेण्डमै अग्रता लिएपनि त्यसको फाइदा उठाउन असफल रह्यो । ६६ औं मिनेटमा भिलारियालले बराबरी गर्यो । ड्यानी परेजोले एटिने कापुको एरियल पासमा फिनिसिँग गर्दै खेललाई बराबरीमा रोकेका थिए ।

एड्रियन राबियोटलाई स्यामुएल चुकुवेजेमाथि घातक बल गर्दा पनि पहेलो कार्ड मात्रै देखाउदा युभेन्टस १० खेलाडीमा सिमित हुनबाट बचेको थियो । च्याम्पियन्स लिगको नकआउट चरणमा अहिलेसम्म घरेलु मैदानमा नहारेको भिलारियालले निर्णायक गोलका लागि प्रयास गरेपनि स्पेन अन्तर्राष्ट्रिय जेरार्ड मोरेनको अनुपस्थिति खड्किएको थियो ।

Click to comment

Trending