Headline

च्याम्पियन्स लिगः लुकाकु बिनै जित्ने आत्मबिश्वास बटुल्दै चेल्सी

Published

on

फर्म गुमाउदै आएका स्टार बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुको अनुपस्थितिमा पनि आफू धेरै गर्न सक्ने साबित गर्दै चेल्सीले च्याम्पियन्स लिग अन्तिम १६ अन्तर्गत आफ्नो पहिलो लेग फ्रेञ्च टोली लिललाई २–० ले पराजित गरेको छ ।

काइ ह्याभर्ट्ज र क्रिष्चियन पुलिसिचले गोल गरेपछि स्ट्यामफोर्ड ब्रिजमा थोमस टुचेलको चेल्सीले पूर्ण रुपमा नियन्त्रण लिएको थियो । डिफेन्डिँग च्याम्पियन चेल्सी दोश्रो लेगका लागि मार्च १६ मा फ्रान्स जाँदा उसले क्वार्टर–फाइनल प्रवेश गर्न चाहे जति गर्ने अपेक्षा रहनेछ ।

तर चेल्सीको सबै प्रतियोगिता गरेर लगातार छैटौ जितले लुकाकु वरिपरि चलिरहेको समस्याकाबीच उपाधि रक्षा गर्न सक्ने वा नसक्ने एक किसिमको जनमतको रुपमा रह्यो ।

लिगमा दबदबा कायम राख्न गत बर्ष इन्टर मिलानबाट क्लब किर्तिमानी ९७ मिलियन पाउण्डमा भित्र्याइएका लुकाकुंले चेल्सीका लागि १० गोलमात्र गरेका छन् । क्रिष्टल प्यालेसलाई शनिबार १–० ले हराँउदा उनले जम्मा ७ पटक मात्रै बल छोएका थिए, एक खेलमा यो तथ्यांक २००३–०४ पछि कुनै पनि खेलाडीको लागि निकै कम हो ।

डिसेम्बरमा सार्वजनिक रुपमै लुकाकुले आफूलाई मैदानमा प्रयोग गरिएको तरिकाबारे प्रश्न उठाएपछि केही रिसाए पनि टुचेलले सोमबार बेल्जियन स्टारलाई समर्थन नै गरेका थिए । तर उनको अनुपस्थितिमै चेल्सी दुरुस्त देखिदा अब उनलाई आइतबार लिभरपुलबिरुद्धको लिग कप फाइनलमा टुचेलले प्रयोग गर्छन् की गर्दैनन् यो चासोको बिषय बनिसकेको छ ।

कम से कम पनि टुचेललाई ह्याभर्ट्ज जस्ता खेलाडी मिहिनेत गर्ने हो भने बिपक्षीलाई ढाल्न सकिने ज्ञान छ । “म काईको लागि निकै खुशी छु । उनी धेरै सातादेखि लयमा खेल्दै आएका छन् । उनले मैदानमा जति एरिया कभर गर्छन् त्यसले के पनि साबित हुन्छ भने उनी डिफेन्समा आएर पनि योगदान दिइरहेका छन्,” टुचेलले भने ।

“पछिल्लो खेलमा रोमुलुले आफ्नो उत्कृष्ट दिन सकेका थिएनन् । उनी शारिरिक र मानसिक रुपमा थकित भएको म बुझ्छु । यो समय उनले एक कदम पछाडी लिने हो । आज हामी अन्य खेलाडीलाई लिएर खेल्यौं । आइतबारको लिग कप फाइनलका लागि हामीसँग चार दिन छ र खेलाडीहरु रिकभर गर्ने हो भने को खेल्छ त्यही समय निर्णय लिउला ।”

लिलको डिफेन्सले मार्क गर्न नसकेको अवस्थाको फाइदा उठाउदै ह्याभर्ट्जले हकिम जियेचको कर्नरमा बाउन्सिँग हेडरमार्फत सिजनको आफ्नो सातौं गोल गरेपछि चेल्सीले आठौं मिनेटमै अग्रता पाएको थियो । थियोगो सिल्भाले शुरु गरेको मुभमा एनगोलो कान्टेले उत्कृष्ट दौड लगाउदै दिएको बलमा पुलिसचले ६३ औं मिनेटमा गोल गरेका थिए ।

Click to comment

Trending