Headline

चुक्यो नेपाल

Published

on

महत्वपूर्ण खेलमा चुकेपछि नेपाल युएईसँग ६८ रनको फराकिलो अन्तरले पराजित हुँदै आईसीसी ट्वान्टी ट्वान्टी बिश्वकपमा छनोट हुन असफल भएको छ ।

अल अमिरात क्रिकेट मैदानमा जितका लागि १ सय ७६ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याउने क्रममा खराब शुरुवात गरेपछि नेपाल १८ दशमलव ४ ओभरमा १ सय ७ रनमै अल आउट भयो ।

जुनेद सिद्दिकीले घातक बलिँग गर्दै नेपालका दुई ओपनर आशिफ शेख (डक) र कुशल भुर्तेल (७) सहित लोकेश बमलाई १४ रन भित्रै पेभिलियन फर्काएका थिए । ठूलो लक्ष्यको दवाबमा परेको नेपालबिरुद्ध युएईले सटिक लाइन र लेन्थ राख्दै खेललाई पूर्ण रुपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।

दिपेन्द्र सिँह ऐरिले आरिफ शेख (११) सँग ३६ रनको साझेदारी गर्दै नेपाललाई सम्हाल्ने प्रयास गरेका थिए । आरिफको विकेट गएपछि दिपेन्द्र र पुर्व कप्तान ज्ञानेन्द्र मल्ले ३३ रनको साझेदारी गरेका थिए ।

युएई कप्तान अहमद रजाले दुई बलको अन्तरमा दुवै ब्याट्स्म्यानलाई पेभिलियन फर्काएपछि नेपालको आशालाई पारेका थिए । ज्ञानेन्द्रले १६ बलमा एक चौका र एक छक्काको मद्दतमा २० रन बनाए भने दिपेन्द्रले सर्वाधिक ३८ रन बनाएका थिए । ३८ बलनै खेलेका उनको इनिङ्गसमा तीन चौका सामेल थियो ।

रजाले चार ओभरमा १९ रन खर्चदै पाँच विकेट लिए । सिद्दिकीले २७ रन दिएर तीन विकेट लिए ।

यसअघि उच्च लयमा रहेका भ्रित्या अरविन्द र ओपनर मुहमद वसिमले आक्रमक ब्याटिङ्ग गरेपछि युएईले ७ विकेटको क्षतिमा १ सय ७५ रन बनायो ।

फर्ममा रहेका ओपनर चिराग सुरीलाई जितेन्द्र मुखियाले दोश्रो ओभरमै बोल्ड गरेपनि अरविन्दले नेपाललाई उत्कृष्ट ब्याटिँगको नमुना देखाएका थिए । वसिम शान्त रहँदा उनले २३ बलमै ४६ रन प्रहार गरेका थिए । पाँच चौका र तीन छक्का प्रहार गरेका अरविन्दले दोश्रो विकेटका लागि ६६ रन जोडेका थिए । उनलाई कप्तान सन्दिप लामिछानेले गुगलीमा बोल्ड गरेका थिए ।

त्यसपछि युएईको इनिङ्गस वसिमको नाममा रह्यो । मोहम्मद उस्मान (१७) सँग ६४ रनको साझेदारी गरेका वसिमले ४८ बलमा ७० रनको इनिङ्गस खेलेका थिए । उनले चार छक्का र चार चौका प्रहार गरे ।

नेपालका लागि खेलमा महँगो साबित भएका जितेन्द्र र अविनाश बोहोरोले ३–३ विकेट लिए । तर दुवैले संयुक्त रुपमा ८१ रन खर्चन पुगेका थिए । सन्दिपले कसिलो बलिँग गर्दै चार ओभरमा २४ रन खर्चदै एक विकेट लिएका थिए ।

Click to comment

Trending