Headline

नेपाललाई बिश्वकप पुग्न चुनौतिपूर्ण लक्ष्य

Published

on

उच्च लयमा रहेका भ्रित्या अरविन्द र ओपनर मुहमद वसिमले आक्रमक ब्याटिङ्ग गरेपछि युएईले नेपाललाई ट्वान्टी ट्वान्टी बिश्वकपमा स्थान बनाउनका लागि १ सय ७६ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ ।

अल अमिरातमा टस जिती पहिलो ब्याटिङ्ग गरेको युएईले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७५ रन बनायो । फर्ममा रहेका ओपनर चिराग सुरीलाई जितेन्द्र मुखियाले दोश्रो ओभरमै बोल्ड गरेपनि अरविन्दले नेपाललाई उत्कृष्ट ब्याटिँगको नमुना देखाएका थिए ।

वसिम शान्त रहँदा उनले २३ बलमै ४६ रन प्रहार गरेका थिए । पाँच चौका र तीन छक्का प्रहार गरेका अरविन्दले दोश्रो विकेटका लागि ६६ रन जोडेका थिए । उनलाई कप्तान सन्दिप लामिछानेले गुगलीमा बोल्ड गरेका थिए ।

त्यसपछि युएईको इनिङ्गस वसिमको नाममा रह्यो । मोहम्मद उस्मान (१७) सँग ६४ रनको साझेदारी गरेका वसिमले ४८ बलमा ७० रनको इनिङ्गस खेलेका थिए । उनले चार छक्का र चार चौका प्रहार गरे ।

नेपालका लागि खेलमा महँगो साबित भएका जितेन्द्र र अविनाश बोहोरोले ३–३ विकेट लिए । तर दुवैले संयुक्त रुपमा ८१ रन खर्चन पुगेका थिए । सन्दिपले कसिलो बलिँग गर्दै चार ओभरमा २४ रन खर्चदै एक विकेट लिएका थिए ।

Click to comment

Trending