आफ्नो क्रिकेट इतिहासको अर्को ठूलो खेलमा नेपालले ट्वान्टी ट्वान्टी विश्वकपको स्थानका लागि मंगलबार युएईको सामना गर्दैछ ।
आजको खेलले नेपालको विश्वकपको ढोका खोल्ने छ । अल अमिरात क्रिकेट मैदानमा अपरान्ह ३ः४५ देखि शुरु हुने खेलमा जित हात पार्न सके नेपाल ८ बर्ष पछि एक पटक फेरि ट्वान्टी ट्वान्टी विश्वकपको लागि टिकट काट्ने छ ।
नेपाल र युएई एक अर्काका चिरपरिचित प्रतिद्वन्दी हुन् । एसोसिएट्सका दुई ठूलाटोलीहरुले ५० ओभर र ट्वान्टी ट्वान्टी खेलमा धेरै पटक एक आपसमा भिडेका छन् । तर ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा भने यी दुई टोलीले हाल सम्म चार खेल मात्र खेलेका छन् ।
नेपालले सन् २०१८ मा आयोजना भएको एकदिवसीय विश्वकप छनोट पछि एकदिवसीय मान्यता पाएसँगै ट्वान्टी ट्वान्टी मान्यता पनि पाएको थियो । त्यसको एक वर्ष पनि नबित्दै नेपालले समान ३-३ एकदिवसीय र ट्वान्टी ट्वान्टी खेलको शृंखलाका लागि युएईको भ्रमण गर्यो ।
उक्त शृंखलाको पहिलो खेलमा नै २१ रनको हार चाखेको नेपालले त्यस पछिका लगातार दुई खेलमा चार विकेट र १४ रनको जित निकाल्दा पहिलो पटक ट्वान्टी ट्वान्टी शृंखला पनि कब्जा गर्न सफल भएको थियो ।
युएईसँग नेपालको पछिल्लो भेट भने अघिल्लो हप्ता ओमानमा नै आयोजना भएको चार देशीय ट्वान्टी ट्वान्टी शृंखला भएको थियो । उक्त खेलमा १९३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले २५ रनको फराकिलो हारको सामना गरेको थियो ।
नेपाल विरुद्ध युएई — हेड टु हेड
चार देशीय ट्वान्टी ट्वान्टी शृंखला, ओमान
फेब्रुअरी १२, २०२२
युएई – १९२/३, २० ओभर
चिराग सुरी ८४* रन, ५३ बल
रोहन मुस्तफा ४९ रन, ३५ बल
सन्दिप लामिछाने १/२३, ४ ओभर
आरिफ शेख १/१७, २ ओभर
नेपाल – १६७/५, २० ओभर
दिपेन्द्र सिंह ऐरी ४१ रन, ३३ बल
आसिफ शेख ३४ रन, २९ बल
रोहन मुस्तफा २/२६, ४ ओभर
काशिफ दाउद २/३९, ४ ओभर
नेपाल २५ रनले पराजित
नेपाल विरुद्ध युएई ट्वान्टी ट्वान्टी शृंखला
तेश्रो ट्वान्टी ट्वान्टी – फेब्रुअरी ३, २०१९
नेपाल – १०४/८, १० ओभर(खेल १० ओभर प्रति टोलीमा छोट्टाइएको)