Headline

युएई विरुद्ध नेपालले पहिले बलिङ गर्ने

Published

on

ट्वान्टी ट्वान्टी विश्वकप छनोटको सेमिफाइनल खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । आजको खेलमा युएईले टस जितेर हारेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । 

नेपालले आज आफ्नो क्रिकेट इतिहासको अर्को ठूलो खेल खेल्दै छ । आजको खेलमा जित निकाल्न सकेको खण्डमा नेपालले फाइनलको यात्रा तय गर्ने मात्र नभएर आगामी अक्टोबर नोभेम्बरमा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकपको लागि पनि आफ्नो स्थान सुरक्षित गर्नेछ ।

आजको खेलमा नेपालले आफ्नो सुरुवाती ११ मा एक परिवर्तन गरेको छ । आज कुशल मल्लको स्थानमा विवेक यादवले टोलीमा स्थान बनाएका छन् । 

जारी विश्वकप छनोटमा नेपाल मात्र अपराजित टोली हो । नेपालले समुह चरणको आफ्नो पहिलो खेलमा आयोजक ओमानलाई ३९ रनले पाखा लगाएको नेपालले कमजोर फिलिपिन्सलाई १३६ तथा समुह चरणको तेश्रो तथा अन्तिम खेलमा हिजो क्यानाडालाई आठ विकेटले पराजित गरेको थियो । नेपाल समुह ‘बी’ को विजेता बन्दै फाइनलमा पुगेको हो । 

समुह ‘ए’ को उपविजेताका रुपमा सेमिफाइनलमा स्थान बनाएको युएईले आयरल्याण्डलाई १८ र जर्मनीलाई २४ रनले पराजित गर्दा बहराइनसँग दुई रनले स्तब्ध भएको थियो । 

ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपाल र युएईले एक अर्का विरुद्ध हाल सम्म चार खेल मात्र खेलेका छन् । नेपाल सन् २०१९ मा युएईको भ्रमणका क्रममा तीन ट्वान्टी ट्वान्टी खेलको शृंखला खेलेको थियो । उक्त शृंखलाको पहिलो खेलमा नै २१ रनको हार चाखेको नेपालले त्यस पछिका लगातार दुई खेलमा चार विकेट र १४ रनको जित निकाल्दा पहिलो पटक ट्वान्टी ट्वान्टी शृंखला पनि कब्जा गर्न सफल भएको थियो । 

युएईसँग नेपालको पछिल्लो भेट भने अघिल्लो हप्ता ओमानमा नै आयोजना भएको चार देशीय ट्वान्टी ट्वान्टी शृंखला भएको थियो । उक्त खेलमा १९३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले २५ रनको फराकिलो हारको सामना गरेको थियो ।

नेपाली टोली :- सन्दिप लामिछाने (कप्तान), आसिफ शेख, आरिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, अविनाश बोहरा, जितेन्द्र मुखिया, लोकेश बम, कमल सिंह ऐरी, कुशल मल्ल 

Click to comment

Trending