Headline

क्यानडामाथि शान्दार जितसँगै अपराजित नेपाल सेमिफाइनलमा

Published

on

क्यानडामाथि शान्दार जित हात पार्दै नेपाल आईसीसी ट्वान्टी ट्वान्टी बिश्वकप छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

अल अमिरात क्रिकेट मैदानमा क्यानडालाई १५ ओभरमा ८० रनमै अल आउट गर्दै ८ विकेटको फराकिलो जितका साथ समुह बी बिजेता बन्यो । बिश्वकपमा स्थान पक्का गर्न नेपालले अब मँगलवार समुह ए उपाबिजेता युएईको सामना गर्नेछ ।

जितका लागि झिनो लक्ष्य पछ्याउन मैदानमा उत्रेको नेपालले १४ दशमलव १ ओभरमा जित हात पार्यो । दिपेन्द्र सिँह ऐरि ३१ बलमा २७ रन बनाउदै नटआउट रहे भने कुशल भुर्तेलले ३७ बलमा ३४ रन बनाए । तेश्रो विकेटका लागि ५८ रनको साझेदारी गरेका दुवैले समान तीन चौका प्रहार गरे ।

आशिफ शेख १७ रनमा आउट भएपछि एक पटक फेरि तेश्रो नम्बरमा आएका कुशल मल्ल गोल्डेन डकआउट भएका थिए । उनलाई कलिम सानाले योर्करमा बोल्ड गरेका थिए । आशिफले १६ बलमा एक चौका र एक छक्का प्रहार गरेका थिए ।

यसअघि पहिलो ओभरमै प्रतियोगिताको पहिलो शतक बनाएका म्याथ्यु स्पुर्सलाई गुमाएपनि ओपनर रायन पठान र कप्तान नवनित धालिवालले छरितो ब्याटिँग गर्दै २१ बलमा ३३ रन जोडेका थिए । कमलले लोकेश बमको हातबाट धालिवाललाई क्याच आउट गराउदै नेपाललाई दौश्रो सफलत दिलाएका थिए ।

तेश्रो विकेटको रुपमा पठान आउट भएपछि क्यानडाको पतन शुरु भएको थियो । क्यानडाले १३ रनको अन्तरमै ८ विकेट गुमाउन पुगेको थियो । यस क्रममा कप्तान सन्दिप लामिछानेले चार ओभरमा १२ रन खर्चदै तीन विकेट लिएका थिए भने अविनाश र कुशल मल्लले पनि १–१ विकेट लिए ।

पठान ११ बलमा १४ रन बनाउदै आउट भए । धालिवालले १४ बलमा दुई चौका र एक छक्काको मद्दतमा १८ रन बनाए । अन्तिम विकेटका लागि डिलन हेरिगर र सलमान नजर (१०) ले ३२ रन जोड्दै क्यानडालाई लज्जास्पद योगपलमा समेटिनबाट बचाएका थिए ।

हेलिगरले क्यानडाका लागि सर्वाधिक २४ रन बनाउदा उनले करिअर बेष्ट स्कोर गरे । २२ बलको उनको इनिङ्गसमा दुई चौका र एक छक्का सामेल थियो ।

नेपालका लागि कसिलो बलिँग गरेका अविनाश बोहोराले तीन ओभरमा मात्र ७ रन खर्चदै दुई विकेट लिए । महँगो साबित भएका जितेन्द्र मुखियाले भने दुई ओभरमा २४ रन दिएका थिए ।

Click to comment

Trending