Headline

नेपालको उत्कृष्ट बलिँग, क्यानडा ८० रनमै अल आउट

Published

on

आईसीसी ट्वान्टी ट्वान्टी बिश्वकप छनोटमा नेपालले क्याडाबिरुद्ध उत्कृष्ट बलिँग प्रदर्शन गर्दै ८० रनमै अल आउट गरेको छ । अल अमिरात क्रिकेट मैदानमा टस जिति पहिलो ब्याटिँग गरेको क्यानडा १५ ओभरमा मात्र ८० रनमै अल आउट भयो ।

पहिलो ओभरमा प्रतियोगिताको पहिलो शतक बनाएका म्याथ्यु स्पुर्सलाई गुमाएपनि ओपनर रायन पठान र कप्तान नवनित धालिवालले छरितो ब्याटिँग गर्दै २१ बलमा ३३ रन जोडेका थिए । कमलले लोकेश बमको हातबाट धालिवाललाई क्याच आउट गराउदै नेपाललाई दौश्रो सफलत दिलाएका थिए ।

तेश्रो विकेटको रुपमा पठान आउट भएपछि क्यानडाको पतन शुरु भएको थियो । क्यानडाले १३ रनको अन्तरमै ८ विकेट गुमाउन पुगेको थियो । यस क्रममा कप्तान सन्दिप लामिछानेले चार ओभरमा १२ रन खर्चदै तीन विकेट लिएका थिए भने अविनाश र कुशल मल्लले पनि १–१ विकेट लिए ।

पठान ११ बलमा १४ रन बनाउदै आउट भए । धालिवालले १४ बलमा दुई चौका र एक छक्काको मद्दतमा १८ रन बनाए । अन्तिम विकेटका लागि डिलन हेरिगर र सलमान नजर (१०) ले ३२ रन जोड्दै क्यानडालाई लज्जास्पद योगपलमा समेटिनबाट बचाएका थिए ।

हेलिगरले क्यानडाका लागि सर्वाधिक २४ रन बनाउदा उनले करिअर बेष्ट स्कोर गरे । २२ बलको उनको इनिङ्गसमा दुई चौका र एक छक्का सामेल थियो ।

नेपालका लागि कसिलो बलिँग गरेका अविनाश बोहोराले तीन ओभरमा मात्र ७ रन खर्चदै दुई विकेट लिए । महँगो साबित भएका जितेन्द्र मुखियाले भने दुई ओभरमा २४ रन दिएका थिए ।

Click to comment

Trending