Headline

आयरल्याण्ड ठूलो जितसँगै सेमिफाइनलमा, युएईमाथि संकट

Published

on

जर्मनीमाथि ठूलो जित हात पार्दै आयरल्याण्ड आईसिसि ट्वान्टी ट्वान्टी बिश्वकप छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समुह ए अन्तर्गतको खेलमा आयरल्याण्डले जर्मनीलाई ७ विकेटले पराजित गर्यो । जर्मनीलाई ७ विकेटको क्षतिमा १ सय ७ रनमै रोकेको आयरल्याण्ड ४१ बल बाँकी रहदै लक्ष्य प्राप्त गर्न सफल भयो । फराकिलो जितसँगै आयरल्याण्ड दोश्रो स्थानमा उक्लिएको छ ।

समुहकै अर्को खेलमा बहराइन र युएई खेलिरहेका छन् । १ सय ७३ रन पछ्याउदै गरेको खेलमा युएई १ सय ५७ रन भित्रै सिमित हुने हो भने बहराइनले सेमिफाइनलमा स्थान बनाउनेछ ।

पहिलो ब्याटिँग गरेको जर्मनीलाई जोश लिटल र एन्डी म्याकब्राइनले २–२ विकेट लिदै जर्मनलाई ठूलो स्कोरबाट रोकेका थिए । यसबाहेक मार्क अडेयर, क्रेग यँग र सिमी सिँहले पनि १–१ विकेट लिएका थिए । जर्मनका लागिफैजल मुबसिरले नटआउट रहदै ४० बलमा ४५ रन बनाएका थिए । यस्तै डिलन ब्लिगनटले १७ बलमा २२ रन बनाए । अन्य ब्याट्स्म्यानहरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आयरल्याण्डलाई चाहे अनुरुपको शुरुवात दिने क्रममा ओपनरद्वय पउल स्टलिँङ्ग र एन्डी बालबर्नीले ८ ओभरभित्रै ६७ रन जोडेका थिए । स्टर्लिङ्गले २७ बलमा ३४ रन बनाए भने बालबर्नीले २१ बलमा ३२ रन जोडे ।

आयरल्याण्डले १७ रनको अन्तरमा तीन विकेट गुमाएपनि ह्यारी टेक्टरले १५ बलमा २४ रन बनाउदै जितलाई सहजा बनाएका थिए ।

Click to comment

Trending