Headline

मलेशिया र पिएनजी सहितको अन्तर्राष्ट्रिय श्रृंखला नेपालमा

Published

on

नेपाल क्रिकेट संघले मलेशिया र पपुवा न्यु गिनीलाई समेट्दै नेपालमा अन्तर्राष्ट्रिय श्रृंखला गर्ने भएको छ । क्यानले अहिले नै कुन फरम्याटमा प्रतियोगिता गर्ने भनेको छैन ।

आफ्नो आधिकारिक सामाजिक सञ्जालका पेजहरुमा क्यानले तीन टोलीका क्रिकेट संघको लोगो राख्दै अपडेट गर्ने बताएको छ । क्यानले अन्तर्राष्ट्रिय श्रृंखला गर्दै पोस्ट गरेका कारण यो ट्वान्टी ट्वान्टीमा नै खेलिने लगभग पक्का छ । मलेशियासँग एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता नभएको कारण पनि उसँगको ५० ओभरको खेलले अन्तर्राष्ट्रिय मान्यता पाउने छैन ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको निलम्बन हटेपछि क्यानले यसअघि नेदरल्याण्ड्स र मलेशिया सम्मिलित त्रिदेशीय ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखला आयोजना गरेको थियो ।

नेपालले ज्ञानेन्द्र मल्लाको कप्तानीमा उक्त श्रृंखलाको फाइनलमा नेदरल्याण्ड्सलाई फाइनलमा १ सय ४२ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको थियो ।

नेपाली क्रिकेट टोली हाल ओमानमा रहेको छ । बिश्वकप छनोट खेलिरहेको नेपालले त्यसपछि युएईमा आईसिसि बिश्वकप लिग टुका खेलहरुमा पिएनजी र आयोजक युएईकै सामना गर्नेछ ।

Click to comment

Trending