Headline

शेर्पालाई हराउदै जावलाखेलको शिर्ष श्रेणी लगभग सुरक्षित

Published

on

लिगको आफ्नो निर्णायक खेलमा हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै जावलाखेल युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा आफ्नो बसाई लगभग पक्का गरेको छ ।

दशरथ रँगशालामा दुई उत्कृष्ट गोलहरु भएको खेलमा जावलाखेलले शेर्पालाई २–१ ले पराजित गर्यो । जितपछि जावलाखेल १३ अंक सहित अंक तालिकाको नवौं स्थानमा उक्लियो । शेर्पासँगै समान अंक रहेको जावलाखेल हेड टु हेडकाआधारमा अगाडी रहेको हो ।

रेलिगेसन जोनमा रहेको ब्रिगेड बोइज क्लबको ७ अंक छ भने नेपाल पुलिस क्लबको ११ र फ्रेण्ड्स क्लबको १० अंक छ । ६ अंक रहेको च्यासल यसअघि नै रेलिगेट भइसकेको छ ।

१५ औं मिनेटमा रुप बहादुर लामाले कर्नरबाटै उत्कृष्ट गोल गर्दै जावलाखेललाई अग्रता दिएका थिए । तर गोल गरेको सात मिनेटपछि नै एंकल ट्विस्ट हुँदा रुप बहादुरले मैदान छोडेका थिए ।

अमृत श्रेष्ठ सम्भवत प्रतियोगिताकै उत्कृष्ट गोल गर्दै शेर्पाको लागि बराबरी गोल गरेका थिए । कर्नर बलमा आफ्नै खेलाडीबाट आएको फ्लिक हेडरलाई बायाँ खुट्टाले एयरमा लादै दायाँ खुट्टाले सशक्त बाइसाइकल किकमार्फत सकेण्डबारमा गोल गरेका थिए ।

निर्धारित समय सकिन तीन मिनेट बाँकी हुँदा ओनगुना जुनियरले जावालखेललाई महत्वपूर्ण जित दिलाएका थिए । निकोलस फर्नान्डेजको क्रसमा जुनियरको हेडरलाई शेर्पा गोलकिपर किशोर गिरीको डाइभिँग प्रयासले पनि बचाउन सकेन ।

Click to comment

Trending