Headline

द्रविडले साहालाई अब टिममा नराख्ने भन्दै सन्यास लिन सुझाएको खुलाशा

Published

on

भारतीय टेस्ट टिमबाट बाहिरिएका विकेटकिपर ब्याट्स्म्यान रिद्दिमान साहाले आफूलाई मुख्य प्रशिक्षक राुहल द्रविडको व्यवस्थापन टोलीले अब उपरान्त टिममा नबोलाइने भन्दै सन्यास तर्फ सोच्न भनेको खुलाशा गरेका छन् ।

साहाले उनी अब भारतीय टोलीका लागि छनोट नहुने भनिएपछि भारतको शिर्ष श्रेणीको घरेलु क्रिकेट रणजी ट्रफिबाट पनि हात झिकेको प्रेस ट्रस्ट अफ इण्डियाले आफ्नो एक रिपोर्टमा उल्लेख गरेको थियो । त्यसयता साहाले भारतीय टोलीमा आफ्नो स्थानलाई लिएर ठूलो खुलाशाहरु गर्दै आएका छन् ।

“मलाई टिम व्यवस्थापनले अब मलाई भारतीय टोलीका लागि नसोचिने बताएको थियो । मैले यो बाहिर भन्न सकिरहेको थिइन किनभने म भारतीय टिमको सेट अप मै थिए । मलाई प्रशिक्षक राहुल द्रविडले सन्यासको बारेम सोच्न समेत भनिदिएका थिए,” साहाले एक अन्तर्वार्तामा भने ।

भारतीय टिममा आफ्नो स्थान बारे चिन्ता नलिन भन्दै प्रतिबद्धता गरेका पुर्व भारतीय कप्तान तथा भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गाँगुलीको पनि साहाले आलोचना गरेका थिए ।

“मैले पछिल्लो पटक न्युजिल्याण्डबिरुद्ध कानपुर टेस्टमा पेनकिलर लिदै ६१ रन बनाएपछि दादा (गाँगुली) ले मलाई ह्वाट्स्यापमा बधाई दिएका थिए । बिसिसिआईको शिर्ष पदमा आफू रहेको र टिममा मेरो स्थानबारे चिन्ता नगर्न भनेका थिए । यसले मेरो आत्मबिश्वास निकै बढेको थियो । तर एक्कासी सबै कुरा कसरी परिवर्तन भयो मैले बुझ्नै सकिरहेको छैन,” साहा भन्छन् ।

Click to comment

Trending