Headline

युएई, आयरल्याण्ड लगभग सेमिफाइनलमा

Published

on

युएई र आयरल्याण्ड आईसिसि ट्वान्टी ट्वान्टी बिश्वकप छनोटको सेमिफाइनल नजिक पुगेका छन् । ।

तुलनात्मक रुपमा सहज देखिएको समुह ए मा युएईले जर्मनीलाई २४ रनले पराजित गर्यो भने अर्को खेलमा बहराइनलाई आयरल्याण्डलाई २१ रनले हरायो । यद्दपि कुनै पनि टोलीको अन्तिम चार स्थान पक्का भएको छैन ।

कमजोर रनरेटका साथ तेश्रो स्थानमा रहेको आयरल्याण्डले अन्तिम खेल जर्मनीबिरुद्ध खेल्नेछ भने युएईले बहराइनसँग खेल्नेछ । शुक्रबारको खेलमा जर्मनलाई पराजित गरेको बहराइन दोश्रो स्थानमा छ ।

अल अमिरात क्रिकेट मैदानमा मजबुत शुरुवात गरेको युएईले ५ विकेटको क्षतिमा १ सय ९१ रनको बिशाल योगफल खडा गर्यो । ओपनर जस्टिन ब्रोडले ४२ बलमै ६२ रनको पारी खेलेपनि जर्मनीले ९ विकेटको क्षतिमा १ सय ६७ रन मात्रै बनाउन सक्यो ।

युएईका लागि कासिफ दाउदले चार विकेट लिए भने रोहन मुस्तफा र जुनैद सिद्दिकीले २–२ विकेट हात पारे ।

पहिलो ब्याटिँग गरेको युएईलाई बलियो शुरुवात दिलाउने क्रममा मोहम्मद वसिम र चिराग सुरीले ८३ रन जोडेका थिए । चिरागले ५४ बलमा ९ चौका र दुई छक्काको सहयोगमा ८१ रन बनाए भने वसिमले ३० बलमा ५० रन जोडे ।

वसिमको इनिङ्गसमा समान चार छक्का र चौका सामेल थियो । अघिल्लो दिन आयरल्याण्डबिरुद्ध निर्णायक ९७ रनको पारी खेलेका भ्रित्या अरविन्दले २९ बलमा ४० रन बनाएका थिए ।

अर्को मैदानमा राम्रो चुनौति दिएको बहराइनले आयरल्याण्डलाई ५ विकेटको क्षतिमा १ सय ५८ रनमै रोकेको थियो । ग्यारेथ डेलनीले ३४ बलमा तनि छक्का र एक चोकाका साथ नटआउट ५१ र जर्ज डकरेलले ११ बलमा २५ रन बनाएपछि आयरल्याण्ड सम्मानजनक योगफल बनाउन सफल भएको थियो ।

पहिलो विकेटका लागि एन्डी बालबर्नी (३३) र पल स्टर्लिङ्ग (३२) ले ६२ रनको साझेदारी गरेपनि बहराइनले आयरल्याण्डको रनगतिमा अंकुश लगाएको थियो । बहराइनले जवाफमा ५ विकेटको क्षतिमा १ सय ३७ रन बनायो । सथाइया भिरापाथिरनले ३३ रन बनाए भने ओपनर मोहम्मद युनिसले ३० रन जोडेका थिए ।

Click to comment

Trending