Headline

अन्तिम समयको पेनाल्टी पछि थ्रि स्टार मच्छिन्द्रसँग पराजित

Published

on

अन्तिम समयमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै मच्छिन्द्र फुटबल क्लबले थ्रि स्टार क्लबको शहीद स्मारक ए डिभिजन लिग फुटबलमो दोश्रो स्थानमा समाप्त गर्ने आशामा तुषारापात गरेका छन् ।

दशरथ रँगशालामा भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा थप गरिएको चार मिनेट अतिरिक्त समयको अन्त्यतिर जीवन गुरुङले अभिषेक गुरुङलाई स्लाइडिँग ट्याकल गरेपछि मच्छिन्द्रले पेनाल्टी पाएको थियो । रेफ्रि प्रकाश श्रेष्ठसँग बिवादमा उत्रिएपछि ९० औं मिनेटमा मैदान प्रवेश गरेका जीवनलाई शुरुमा पहेलो कार्ड दिएपनि पछि साझै रेड कार्ड पाएका थिए ।

प्राप्त पेनाल्टीलाई सुजर श्रेष्ठले सहजै गोलमा परिणत गरेका थिए । जितसँगै मच्छिन्द्रले अंक तालिकामा १२ अंकको फराकिलो अग्रता बनाएको छ । यसअघि नै लिग उपाधि पक्का गरिसकेको मच्छिन्द्रको १२ खेलबाट ३२ अंक भएको छ भने एक खेल कम खेलेको मनाङ मस्र्याङ्गदी क्लबको २० अंक छ ।

त्रिभुवन आर्मी क्लबको १९ र थ्रि स्टारको १८ अंक छ । एक खेल मात्र बाँकी रहेको थ्रि स्टारले अब आफ्नो अन्तिम खेलमा जित हात पार्दै मनाङ र आर्मीले अंक गुमाउने आशा गर्नु पर्नेछ ।

प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रका गोलकिपर बिशाल श्रेष्ठले एक उत्कृष्ट डाइभिँग सेभ गर्दा अभिषेक रिजाल दुई पटक थ्रि स्टारका गोलकिपर प्रिस्सोलाई बिट गर्न असफल रहेका थिए । अभिषेकको फितलो प्रहार प्रिस्सोको खुट्टाामुनिबाट गइसक्दा निशान खड्काले गोललाइनबाट बल क्लियर गरेका थिए ।

पहिलो हाफको अन्त्यतिर अभिषेकको प्रहारलाई प्रिस्सोले नै छेकेका थिए ।

Click to comment

Trending