Headline

समाप्त भयो च्यासलको ए डिभिजन यात्रा

Published

on

फ्रेण्ड्स क्लबसँग रेलिगेसन टार्न भएको खेलमा २–१ ले पराजित भएपछि च्यासल युथ क्लबको शिर्ष श्रेणीको बसाई छोट्टिएको छ ।

शहीद स्मारक ए डिजिभन लिग अन्तर्गत शनिबार दशरथ रँगशालामा भएको पहिलो खेलमा जमाल एन्थोनी फ्रान्कोइसले दुई गोल गरेपछि च्यासल एक खेल अगाडी नै रेलिगेसनमा पर्यो । २०७३ सालमा ए डिभिजनमा बढुवा भएको च्यासल जम्मा ५ बर्षमात्र शिर्ष श्रेणीमा टिक्न सफल रह्यो ।

यस क्रममा च्यासलले जम्मा तीन सिजन मात्र ए डिभिजन लिगमा बितायो । जित हात पारेपनि फ्रेण्ड्सलाई भने अझै पनि रेलिगेसनको खतरा रहेको छ । फ्रेण्ड्स १० अंक सहित १२ औं स्थानमा छ भने रेलिगेसन जोनमै रहेको अर्को टोली ब्रिगेड बोइज क्लब दुई खेल खेल्न बाँकी नै रहदा ७ अंकमा छ ।

ब्रिगेडले तर ए डिभिजनमा कायमै रहन आफ्नो दुवै खेलमा जित हात पार्ने पर्नुपर्नेछ । यो सिजन केही राम्रा खेलाडीहरु लिदै लिगमा दाबेदारी दिने लक्ष्य बनाएको च्यासल भने ६ अंक सहित पुछारमा छ ।

फ्रेण्ड्सलाई फ्रान्कोइसले ३८ औं मिनेटमा अग्रता दिलाएका थिए । उनले नथानियल जुड गार्सियाको हेडर पासमा चिप गर्दै गोल गरेका थिए । पाँच मिनेटपछि नै फ्रेण्ड्सको अग्रता दोब्बर भयो ।

अभिषेक लिम्बुले लडाएपछि आफै पेनाल्टी लिन आएका उनले दोश्रो व्यक्तिगत गोल गरे । दोश्रो हाफको शुरुवातमा मोसा अबागानाले पेनाल्टी मार्फत गोल गर्दै अग्रता घटाएका थिए । त्यसपछि भने च्यासलले गोल गर्न सकेन ।

Click to comment

Trending