Headline

ओमानबिरुद्ध दवाबमा नेपालको मध्यक्रम

Published

on

ट्वान्टी ट्वान्टी बिश्वकप छनोटको आफ्नो पहिलो खेलमा आयोजक ओमानको सामना गर्दा नेपाल शुखद शुरुवात गर्न चाहन्छ । अल अमिरात क्रिकेट मैदानमा हुन गइरहेको खेलमा दुवै टिमका लागि निकै महत्वपूर्ण खेल ट्वान्टी ट्वान्टी क्रिकेटमा तेश्रो भिडन्छ हुनेछ ।

समुहमा क्यानडा पनि एकै समानको टोली रहेका कारण नेपाललाई ओमानबिरुद्ध जित निकाल्नै पर्ने दवाब रहनेछ । शिर्ष स्थानमा रहने दुई सेमिफाइनलमा प्रवेश गर्दै बिश्वकपको टिकट दिलाउने फाइनलका लागि भिड्ने भएका कारण जितले नेपाललाई अन्य खेलका लागि उच्च आत्मबिश्वास दिन सक्नेछ ।

प्रतियोगिता अघि तैयारीको रुपमा रहेको चारदेशीय श्रृंखलामा नेपालले पहिलो खेलमा ओमानलाई पराजित गरेपनि त्यसपछि दुवै खेल हार्न पुगेको थियो । ओमानले भने अन्तिम खेलमा पहिल्लो केही समय यता उच्च लयमा देखिएको युएईलाई नै हरारउदै जितका साथ प्रतियोगिता अन्त्य गरेको थियो ।

नेपालको लागि आयरल्याण्डबिरुद्ध बलरहरुले दिएको प्रदर्शनले आत्मबिश्वासी बनाएपनि त्यही खेलमा ब्याटिँगले निराश गर्दा केही सतर्क रहनु पर्ने देखिएको छ ।

मध्यक्रमको चिन्ता

नेपालको लागि सबैभन्दा बढी निराश मध्यक्रमले गरेको छ । पारस खड्काको सन्याससँगै नेपालको मध्यक्रम चिन्ताजनक रहेको स्पष्ट छ । दिपेन्द्र सिँह ऐरिले मात्र उच्च प्रदर्शन गर्दा नेपालले चारदेशीय प्रतियोगितामा संयुक्त योगदान हेर्न पाएको छैन ।

पहिलो खेलमा १३ रन बनाएका ज्ञानेन्द्र मल्लले युएईबिरुद्धको दोश्रो खेलमा २२ रन जोड्दै नेपाललाई आसिफ शेखसँग अद्र्धशतकीय शुरुवात दिएका थिए । तर ज्ञानेन्द्र आयरल्याण्डबिरुद्धको खेलमा भने निकै असहज देखिएका थिए । ५ रन बनाउदै पेभिलियन फर्किएका ज्ञानेन्द्र कुशल भुर्तेलको आगमनसँगै मिडल अर्डरमै खेल्ने छन् र उनको काँधमा जिम्मेवारी ठूलो रहनेछ ।

यस्तै अर्का मिडल अर्डर ब्याट्स्म्यान तथा भेटेरान शरद भेषावकरले पनि आशा गरे अनुरुपको प्रदर्शन दिन सकेका छैनन् । लोकेश बमले युएईबिरुद्ध आक्रमक शुरुवात त पाए तर दोश्रो खेलमा भने चुकेका थिए । दिपेन्द्रबाट सधै प्रदर्शनको अपेक्षा गर्न सकिदैन र त्यसैले मध्यक्रममा अन्य ब्याट्स्म्यानरुले उनीमाथिको बोझ कम गर्न आवश्यक छ ।

ओमानमा नेपालको लागि धेरै कुरा ज्ञानेन्द्रको ब्याटिँगमा पनि निर्भर गर्नेछ

कलिमको उत्कृष्ट पुनरागमन

२०१९ मा ओमानबिरुद्ध भएको पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा अमिर कलिमले उत्कृष्ट प्रदर्शन गर्दै पेन्टाँगुलर सिरिजको उक्त खेलमा पाँच विकेट लिएपछि नेपाल ६४ रनमै समेटिएको थियो । कलिम त्यसपछि दुई बर्ष चोटका कारण बाहिर रहे ।

तर चारदेशीय श्रृंखलाको अन्तिम खेलबाटै उनले उत्कृष्ट पुनरागमन गरेका छन् । उनले पाँच विकेट लिएपछि नै ओमानले युएईलाई पराजित गर्न सफल भएको थियो । बिलाल खान र कलिमुल्लाहको उत्कृष्ट तिब्र गतिको आक्रमक जोडी रहेको ओमानमा कलिम पनि थपिएका छन् । नेपाली ब्याट्स्म्यानहरुलाई पहिलो खेल भन्दा बढी चुनौति शुक्रबारको उद्घाटन खेलमा हुनेछ ।

लयमा रहेको युवा आक्रमण

नेपालको लागि शुखद कुरा के हो भने करण केसी र सोमपाल कामी अनुपस्थित हुने भएपछि कमल सिँह ऐरिले राम्रो प्रदर्शन गर्नु । विकेट धेरै हात पार्न असफल भएपनि कमलले १२ ओभरमा ९२ रन खर्चिएका छन् ।

युएईबिरुद्धको खेलमा ४२ रन खर्चिए पनि उनी दुर्भाग्यपूर्ण रुपमा विकेटबाट बञ्चित हुनुका साथै महँगा साबित भएका थिए । तर आयरल्याण्ड र ओमानबिरुद्धकै खेलमा उनको प्रदर्शन सन्तोषजनक रहेको थियो । प्रमुख बलरको ट्यागलाई उनलाई न्याय नै गरेका छन् । यस बाहेक पुनरागमन गरेका जितेन्द्र मुखियाको प्रदर्शन पनि राम्रै रहेको छ भने अविनाश बोहोरा नियमित रुपमै राम्रो गर्दै आइरहेका छन् ।

नेपाललाई चिन्ता स्पिन आक्रमण रहेको छ । पाचौं बलरको रुपमा दिपेन्द्रले सघाउदै आएपनि उनी फुल टाइम स्पिनर भने होइनन् । तर आयरल्याण्डबिरुद्ध चार विकेट लिएका दिपेन्द्र कप्तान सन्दिप लामिछानेसँग राम्रो जोडी बनाउन सकिरहेका छन् ।

नेपालले सबैभन्दा बढी आशा सन्दिपबाटै गर्नेछ । सन्दिपले ११ ओभर पुरा गर्दा तीन खेलमा ७० रन खर्चेका थिए भने तीन विकेट मात्रै लिएका थिए । लामो ब्याटिँग अर्डर रहेको ओमानबिरुद्ध तिब्र गतिका बलरहरुले पावर प्लेमा चाहे अनुरुपको शुरुवात दिने हो भने सन्दिप र दिपेन्द्रले मिडल ओभरमा अंकुश लगाउन सक्छन् ।

Click to comment

Trending