Headline

क्यानडाका कप्तान नेपाललाई विश्वकप छनोट हुने टोलीको रुपमा देख्दैनन्

Published

on

आगामी अक्टोबर – नोभेम्बरमा अष्ट्रेलियामा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकपको लागि समुह ए को छनोट खेल आजबाट ओमानमा सुरु हुँदैछ । आठ टोली रहेको यस समुहबाट फाइनलमा पुग्ने दुई टोलीले विश्वकपका लागि टिकट काट्ने छन् ।

आठ टोली मध्य पनि दुई समुहमा विभाजन गरेर ४-४ टोली राखिएको छ । ४-४ टोलीले समुह चरणका खेलहरुमा आफ्ना समुहमा रहेका सबैसँग एक आपसमा खेल्ने छन् । समुह चरणमा पहिलो र दोश्रो स्थान हात पार्ने टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । सेमिफाइनलमा जित निकाल्ने दुई टोलीले फाइनलमा मात्र नभएर विश्वकपमा पनि स्थान सुरक्षित गर्नेछ ।

नेपालसँगै आयोजक ओमान तथा आयरल्याण्ड र युएईलाई विश्वकप पुग्ने दुई टोलीका रुपमा हेरिएको छ । त्यस बाहेक क्यानडा र बहराइनलाई पनि विश्वकप पुग्ने सम्भाव्यता बोकेको टोलीका रुपमा राखिएको छ । 

तर क्यानडाका कप्तान नवनित ढिल्लोन भने नेपाललाई विश्वकप छनोट हुने टोलीका रुपमा देख्दैनन् । विश्वकप छनोटको पूर्व सन्ध्यामा ओमान आइपुगेका नेपाली पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।  नेपाल र क्यानडा दुबै एकै समुह रहेका छन् भने समुह चरणको अन्तिम खेलमा एक आपसमा भिड्ने छन् ।

यस छनोटबाट कुन दुई टोलीले विश्वकपमा स्थान बनाउन सक्नेछन् जस्तो लाग्दछ भन्ने प्रश्नमा कप्तान ढिल्लोनले भने, “आयरल्याण्ड निकै बलियो टोली हो भने ओमानलाई आफ्नो घरेलु मैदानमा आयोजना भएका कारण पनि पक्कै फाइदा पुग्नेछ । त्यस्तै युएईले पनि पछिल्लो समय निकै राम्रो क्रिकेट खेलेको छ ।”

हेर्नुहोस् क्यानडाका कप्तान नवनित ढिल्लोन पुरा अन्तर्वार्ता

 

Click to comment

Trending