Headline

अबको एक हप्ता हामीलाई गल्ती गर्ने कुनै पनि ठाउँ छैन : कप्तान सन्दिप लामिछाने (भिडियो अन्तरर्वार्ता)

Published

on

विश्वकप छनोटको मुख्य ढोकाका रुपमा रहेको ट्वान्टी ट्वान्टी विश्वकप छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले भोलि आयोजक राष्ट्र ओमानको सामना गर्दैछ । खेल नेपाली समय अनुसार ११:४५ बजे सुरु हुनेछ ।

खेल सुरु हुन अब २४ घण्टा भन्दा कम रहेको अवस्थामा कप्तान सन्दिप लामिछाने भने प्रतियोगितामा राम्रो प्रदर्शन गर्नेमा आशावादी रहेका छन् । सन्दिपले हालै ओमानमा नै सम्पन्न चार देशीय प्रतियोगितामा राम्रो प्रदर्शन गर्न नसके पनि नेपाली टोली राम्रो लयमा रहेको जनाए । 

“पछिल्लो तीन दिन हामीले धेरै टिम मिटिंग गर्यौं, अभ्यासहरु पनि गर्यौं । यस समयमा आत्म आलोचना पनि गरेका छौँ,” सन्दिपले ओमानमा कुरा गर्दै भने ।  

त्यस बाहेक सन्दिपले अबको एक हप्ता कुनै पनि गल्ति गर्न नहुने पनि बताए । “विश्वकप खेल्ने हो भने  आगामी हप्ता हामीसँग कुनै पनि गल्ति गर्ने ठाउँ पनि छैन ।” 

त्यस्तै सन्दिपले विश्वकप छनोट अघि तीब्र गतिका बलर करण केसी घाइते भएर टोली बाहिर रहनु दुर्भाग्य भएको पनि धारणा व्यक्त गरे । 

हेर्नुहोस् सन्दिपको पुरा भिडियो   

Click to comment

Trending