Headline

गुलशन आज ओमान आउँदै  

Published

on

युवा तीब्र गतिका बलर गुलशन झा विश्वकप छनोटका लागि आज ओमान आउँदै छन् । 

अर्का तीब्र गतिका बलर करण केसीले चोटका कारण आगामी शुक्रबारबाट सुरु हुने ट्वान्टी ट्वान्टी विश्वकप छनोट गुमाउने भए पछि उनको स्थानमा गुलशनलाई टोलीमा समावेश गरिएको थियो । गुलशन आज दिउँसोको  विमान मार्फत ओमान आउन लागेका हुन् ।

गुलशनले ओमान आइपुगे पछि पिसीआर परिक्षण गर्न पर्ने हुन्छ र २४ घण्टा पछि रिपोर्ट नेगेटिभ आए पछि मात्र नेपाली टोलीमा समावेश हुनेछन् । त्यस भन्दा पहिले उनले क्वारेन्टिनमा समय बिताउन पर्ने हुन्छ ।    

गुलशनले गत सेप्टेम्बरमा सम्पन्न विश्वकप लिग टु अन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपालको लागि एकदिवसीयमा डेब्यु गरेका थिए । उक्त खेलमा  उनले २८ रन बनाएका थिए भने तीन ओभरमा ३१ रन खर्चिए पनि विकेट भने निकाल्न असमर्थ रहे । 

नेपालले विश्वकप छनोटको आफ्नो पहिलो खेलमा भोलि आयोजक ओमानको सामना गर्नेछ । खेल नेपाली समय अनुसार बिहान ११:४५ बजे सुरु हुनेछ । 

 

 

Click to comment

Trending