Headline

ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय बरियतामा दिपेन्द्रको छलाँग, नेपालबाट अहिलेसम्मकै उच्च स्थानमा

Published

on

उच्च फर्ममा रहेको नेपाली राष्ट्रिय टोलीका ब्याटिँग अलराउण्डर दिपेन्द्र सिँह ऐरि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय अन्तर्गत ब्याटिँगको बरियतामा ठूलो छलाँग मार्न सफल भएका छन् ।

आईसीसीले बुधबार जारी गरेको बरियता अनुसार दिपेन्द्र बिश्व बरियतामा ५२ औं स्थानमा अटाएका छन् । ओमानमा सोमबार सम्पन्न चारदेशीय ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका दिपेन्द्र नेपालबाट अहिलेसम्मकै उच्च बरियता लिने ट्वान्टी ट्वान्टी ब्याट्स्म्यान बनेका हुन् ।

तीन खेलमा दिपेन्द्रले कुल १ सय ४२ रन बनाएका थिए । यस क्रममा उनले ओमानबिरुद्धको पहिलो खेलमा ७३ नटआउट ७३ रन बनाएका थिए भने युएईबिरुद्ध ४१ र आयरल्याण्डबिरुद्ध २८ रन जोडेका थिए । घातक बलिँग पनि गरेका उनले आयरल्याण्डबिरुद्ध चार विकेट पनि लिदै करिअरकै उत्कृष्ट बलिँग प्रदर्शन दिएका थिए ।

यसअघि कुशल भुर्तेलले आगटेको ५५ औं स्थान नेपाली ब्याट्स्म्यानहरुको लागि अहिलेसम्मकै ठूलो स्थान प्राप्त गरेका थिए । कुशल अहिले भने ६५ औं स्थानमा रहेका छन् । उनले ओमानमा मात्र एक खेल खेल्दा आयरल्याण्डबिरुद्ध १५ रन बनाएका थिए ।

यस्तै नेपाली टोलीका कप्तान सन्दिप लामिछाने भने बलरहरुको बरियतामा ६३ औं स्थानमा रहेका छन् ।

Click to comment

Trending