Headline

६ खेलपछि रोनाल्डोको पहिलो गोल

Published

on

क्रिष्चियानो रोनाल्डोले ६ खेलको गोल खडेरी तोडेपछि म्यानचेस्टर युनाइटेड इंगलिस प्रिमियर लिगको शिर्ष चार भित्र प्रवेश गरेको छ । मँगलवारको खेलमा युनाइटेडले १० खेलाडीमा सिमित ब्राइटनलाई २–० ले पराजित गर्यो ।

पहिलो हाफ बराबरीमा टुँगिएपछि खेल दोश्रो हाफमा नाटकीय रुपमा परिवर्तन भएको थियो । मध्यान्तको ६ मिनेटमै रोनाल्डोले २०२२ मा आएर आफ्नो पहिलो गोल गरे भने त्यसको तीन मिनेटपछि लेविस डंक रेड कार्ड खादै बाहिरिएका थिए ।

रोनाल्डो चल्न नसक्दा युनाइटेडलाई लिगका पछिल्लो ६ खेलमा अंकहरु गुमाउन पुगेको थियो । युनाइटेडले पछिल्लो तीन खेलमा अग्रता लिएपनि बराबरी गर्न पुगेको थियो ।

मँगलवार पहिलो गोल पछि पनि थुप्रै अवसरहर गुमाएको युनाइटेडका लागि ब्रुनो फर्नान्डेसले अन्तिम समयमा गोल गरेपछि टोलीले चौथो स्थानमा दुई अंकको अग्रता लिन सफल भयो ।

पाचौं स्थानमा रहेको वेष्ट ह्यामको ४१ अंक छ । एक खेल कम खेलेका लिभरपुल ५४ अंकका साथ दोश्रो र चेल्सी ४७ अंकका साथ तेश्रो स्थानमा छ । शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको ६३ अंक छ । शिर्ष चारको दावेदारी प्रतिस्पर्धात्मक रहँदा आर्सनललाई अन्य तीन क्लबहरु उछिन्न सक्ने अवस्थामै रहेका छन् ।

युनाइटेडभन्दा तीन खेल कम खेलेको आर्सनलको ३९ र टोटेन्ह्याम हट्स्परको ३६ अंक छ । दुई खेल कम खेलेको उल्भ्सको ३७ अंक छ । युनाइटेडका अन्तरिम व्यवस्थापक राल्फ रांगनिकले ३७ बर्षिय रोनाल्डोको खुलेरै प्रशंशा गरे । उनले डिसेम्बर ३० यता पहिलो गोल गरेका हुन् ।

“गोल गर्ने मात्रै नभएर उनले उत्कृष्ट गोल गरेका छन् । यो हाम्रो लागि निकै राम्रो कुरा हो । म यहाँ आएपछि उनले मेरो अगाडी अहिलेसम्म कै उच्च प्रदर्शन दिएका छन्,” रांगनिकले भने ।

Click to comment

Trending