Headline

लिगको पुछारका चार टोलीले बराबरी खेले

Published

on

शहीद स्मारक ए डिभिजन लिगमा जावालाखेल युथ क्लबबिरुद्ध उत्कृष्ट पुनरागमन गर्दै फ्रेण्ड्स क्लबले रोमाञ्चक बराबरी गरेको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा फ्रेण्ड्सले जावलाखेललाई तीन गोलले पछि परेको स्थितिमा बराबरीमा रोकेको हो । मङ्गलवार नै दशरथ रँगशालामा च्यासल युथ क्लब र ब्रिगेड बोइज क्लबले बराबरी खेलेपछि अंक तालिकामा कुनै हलचल भएन ।

जावलाखेलको १० अंक सहित ११ स्थानमै रह्यो भने फ्रेण्ड्स गोल अन्तरको आधारमा रेलिगेसन जोनबाट बाहिर रहेको छ । फ्रेण्ड्स र ब्रिगेडको समान ७ अंक छ । यस्तै ६ अंक रहेको च्यासल अंक तालिकाको पुछारमा छ ।

लोइक एन्जिमी कोहिमले २ र रुप बहादुर लामाले अर्को एक थपेपछि जावलाखेलले तीन गोलको अग्रता बनाएको थियो । तर फ्रेण्ड्सका दुई बिदेशी खेलाडी चम्किएपछि खेल बराबरीमा टुंगिएको थियो ।

उसका लागि जमाल एन्थोनाी फ्रान्सिस र नथानियल जुड गार्सियाले १–१ गोल गरेका थिए ।

Click to comment

Trending