Headline

 करण केसीले विश्वकप छनोट गुमाउने 

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीब्र गतिका बलर करण केसीले आगामी शुक्रबारबाट सुरु हुने ट्वान्टी ट्वान्टी विश्वकप छनोट गुमाउने भएका छन् ।

नेपाली टोलीसँगै ओमान आएका करणले ढाडको समस्या आए पछि चार देशीय ट्वान्टी ट्वान्टी शृंखला पनि गुमाएका थिए । युएईसँगको दोश्रो खेल पछि नेपाली टोलीका कप्तान सन्दिप लामिछानेले करण चोट मुक्त हुँदै आयरल्याण्ड विरुद्धको खेलमा नेपाली टोलीमा फर्कने आशा व्यक्त गरेका थिए । तर उनले उक्त खेलमा पनि खेल्न सकेनन् ।

हिजो मात्र आयरल्याण्डसँगको खेल पछि नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले करणको ढाडको समस्या अझै ठिक नभएका कारण आज बिहान सम्ममा ठोस निर्णय लिने जनाएका थिए ।   

करणको चोट पूर्ण ठिक नभएका कारण उनले विश्वकप छनोट पनि गुमाउने भएको नेपाली टोलीले विस्पोर्टजलाई जनायो ।

नेपालले विश्वकप छनोटको आफ्नो पहिलो खेलमा शुक्रबार आयोजक ओमानको सामना गर्नेछ । 

Click to comment

Trending