Headline

प्रजापतीको अर्धशतकमा युएईको पहिलो हार

Published

on

आमिर कलीमले पाँच विकेट तथा ओपनर कश्यप प्रजापतीले अविजित अर्धशतक प्रहार गर्दै चार देशीय ट्वान्टी ट्वान्टी शृंखला अन्तर्गत आफ्नो तेश्रो तथा अन्तिम खेलमा युएईले ओमानसँग सात विकेटको हारको सामना गरेको छ । 

यस अघिका दुई खेलमा नेपाललाई २५ तथा टेस्ट राष्ट्र आयरल्याण्डलाई १३ रनले पाखा लगाएको युएईको यस शृंखलामा यो पहिलो हार हो । आफ्नो पहिलो दुई खेलमा नेपालसँग ६ तथा आयरल्याण्डसँग १३ रनको हार व्यहोरेको ओमानले आजको खेलमा भने जित निकाल्न सफल रह्यो ।    

ओपनर कश्यप प्रजापतीले अर्धशतकीय पारी खेल्दा १६५ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याएको ओमानले १९ दशमलब तीन ओभर खेल्दै तीन विकेटको नोक्सानीमा जित हात पार्यो । 

ओपनरद्वय जतिन्दर सिंह र प्रजापतीलेओभरमामा ४८ रन जोड्दै ओमानलाई राम्रो सुरुवात दिलाए । १९ बलमा २२ रन जोडेका जातिन्दर कासिफ दाउदको बलमा एलबीडब्लुको शिकार भए पनि प्रजापतीशोएब खानले ७१ रन जोड्दै ओमानलाई जित नजिक पुर्याए ।  

अविजित रहेका प्रजापतीले ५३ बल खेल्दै आठ चौकाको मद्दतमा ६९ रन जोड्दै ओमानको जित सुनिश्चित गरे ।

यस अघि बायाँ हाते स्पिनर आमिर कलीमले घातक बलिङ गर्दै पाँच विकेट हात पार्दै आक्रामक सुरुवात गरेको युएईले पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १६४ रन बनायो ।

युएईको तर्फबाट ओपनर मुहम्मद वसिमले आक्रामक पारी खेल्दै ४४ बलमा आठ छक्का र तीन चौकाको मद्दतमा ८४ रनको पारी खेले । अर्का ओपनर चिराग सुरीसँग वसिमले पहिलो विकेटका लागि ३३ तथा रोहन मुस्तफासँग दोश्रो विकेटका लागि आठ ओभरमा ८२ रनको साझेदारी गर्दै युएईलाई विशाल योगफल तर्फ लगे । 

आमिर कलिमले आफ्नो पहिलो ओभरको दोश्रो र तेश्रो बलमा क्रमश वसिम र २० बलमा १९ रन बनाएका मुस्तफाको विकेट निकाल्दै ओमानलाई खेलमा फर्काए । युएईको तर्फबाट वृत्य अरविन्दले १९, काशिफ दाउदले १३ तथा जुनियाद सिद्दिकीले तीन बलमा १० रन बनाए ।

ओमानका कलीमले चार ओभरमा २७ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए भने त्यस बाहेक बिलाल खान, कलीमउल्लाह र आयान खानले समान १-१ विकेट आफ्नो नाममा लेखाए ।    

  

Click to comment

Trending