Headline

कलीमको पाँच विकेटमा आक्रामक सुरुवात गरेको युएईको मध्यम योगफल 

Published

on

बायाँ हाते स्पिनर आमिर कलीमले घातक बलिङ गर्दै पाँच विकेट हात पार्दै आक्रामक सुरुवात गरेको युएईले चार देशीय शृंखला अन्तर्गत आफ्नो तेश्रो तथा अन्तिम खेलमा ओमानलाई १६५ रनको मध्यम लक्ष्य दिएको छ ।  

एक समय युएई विशाल योगफल तर्फ लम्के पनि कलीमले चार ओभरमा २९ रन खर्चिएर पाँच विकेट हात पार्दा उसले पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १६४ रन बनायो ।

युएईको तर्फबाट ओपनर मुहम्मद वसिमले आक्रामक पारी खेल्दै ४४ बलमा आठ छक्का र तीन चौकाको मद्धतमा ८४ रनको पारी खेले । अर्का ओपनर चिराग सुरीसँग वसिमले पहिलो विकेटका लागि ३३ तथा रोहन मुस्तफासँग दोश्रो विकेटका लागि आठ ओभरमा ८२ रनको साझेदारी गर्दै युएईलाई विशाल योगफल तर्फ लगे । 

तर कलिमले आफ्नो पहिलो ओभरको दोश्रो र तेश्रो बलमा क्रमश वसिम र २० बलमा १९ रन बनाएका मुस्तफाको विकेट निकाल्दै ओमानलाई खेलमा फर्काए । युएईको तर्फबाट वृत्य अरविन्दले १९, काशिफ दाउदले १३ तथा जुनियाद सिद्दिकीले तीन बलमा १० रन बनाए ।

ओमानका कलीम बाहेक बिलाल खान, कलीमउल्लाहआयान खानले समान १-१ विकेट आफ्नो नाममा लेखाए ।    

 

Click to comment

Trending