Headline

नेपाल विरुद्ध आयरल्याण्ड हेड टु हेड 

Published

on

ओमानमा जारी चार देशीय ट्वान्टी ट्वान्टी शृंखला अन्तर्गत आफ्नो तेश्रो तथा अन्तिम खेलमा नेपालले सोमबार टेस्ट राष्ट्र आयरल्याण्डको सामना गर्दैछ । 

जारी शृंखलामा नेपाल र आयरल्याण्डले ओमानलाई पराजित गर्न सफल भएका थिए भने दुबै टोली युएईसँग पराजित भए । नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो भने युएईसँग २५ रनको हारको सामना गरेको थियो । त्यस्तै ओमानलाई नै विकेटले हराएको आयरल्याण्ड युएईसँग भने १३ रनले पराजित भयो ।

चार देशीय शृंखलामा दुई खेल मध्ये दुईमा नै जित दर्ता गराएको ओमानले आजको पहिलो खेलमा आयोजक ओमानको सामना गर्दैछ । शृंखलामा ओमान जित निकाल्न नसकेको एक मात्र टोली हो ।

नेपालले यस अघि आयरल्याण्डसँग दुई खेल खेल्दा दुवैमा हारको सामना गरेको थियो । नेपालको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा आयरल्याण्डसँग पहिलो पटक सन् २०१५ मा सम्पन्न ट्वान्टी ट्वान्टी विश्वकप छनोटमा भएको थियो । उक्त खेलमा नेपाल आठ विकेटले पराजित भएको थियो ।

आयरल्याण्डसँग नेपालको पछिल्लो भेट भने ओमानमा नै भएको थियो । सन् २०१९ मा ओमानले आयोजना गरेको पाँच देशीय ट्वान्टी ट्वान्टी प्रतियोगितामा नेपाल १३ रनले पराजित हुन पुग्यो ।

नेपाल विरुद्ध आयरल्याण्ड 

ट्वान्टी ट्वान्टी विश्वकप छनोट, बेलफास्ट 

जुलाई १३, २०१५ 

 

नेपाल – ५३/१०, १४.३ ओभरमा 

सागर पुन                            २० रन, १८ बल

पारस खड्का                      १० रन, १६ बल 

 

केविन ओब्रायन                     ८/३, ४ ओभरमा 

स्टुवार्ट थमप्सन                      १०/३, ३.३ ओभरमा 

 

आयरल्याण्ड – ५४/२, ८ ओभरमा 

पौल स्टिरलिङ                         २९ रन, २१ बल 

विलियम पोटरफिल्ड                  १८ रन, २० बल 

 

नेपाल ८ विकेटले पराजित 

 

पाँच देशीय ट्वान्टी ट्वान्टी शृंखला, ओमान  

अक्टोबर ९, २०१९ 

 

आयरल्याण्ड – १४५/८, २० ओभरमा 

पौल स्टिरलिङ                         ५९ रन, ४७ बल

एन्डी बलबिर्न                            ३८ रन, २८ बल 

 

सन्दिप लामिछाने                       २१/२, ४ ओभरमा 

अविनाश बोहरा                         २२/२. ४ ओभरमा 

 

नेपाल – १३२/१०, १९.५ ओभरमा 

आरिफ शेख                               २६ रन, २६ बल 

पारस खड्का                              २५ रन, १४ बल 

इशान पाण्डे                                २२ रन, ३० बल 

 

मार्क अडेर                                  २२/३, ३.५ ओभरमा 

जर्ज डक्रेल                                   २३/३, ४ ओभरमा 

नेपाल १३ रनले पराजित  

Click to comment

Trending