Headline

सुपर ओभरमा अष्ट्रेलियाले श्रीलंकालाई पाखा लगायो 

Published

on

सुपर ओभरमा जश हेजलउडले मात्र पाँच रन खर्चिएर एक विकेट लिए पछि अष्ट्रेलियाले श्रीलंका विरुद्धको दोश्रो ट्वान्टी ट्वान्टी खेलमा रोमान्चक जित हात पारेको छ । यससँगै पाँच खेलको शृंखलामा घरेलु टोलीले २-० को अग्रता लिएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ६ विकेट गुमाएर १६४ रन बनायो भने १६५ रनको लक्ष्य लिएर ब्याटिङमा आएको श्रीलंकाले पुरै २० ओभर खेल्दै आठ विकेट गुमाएर १६४ रन मात्र बनाउँदा खेल बराबरीमा सकिए पछि सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा श्रीलंकाले ६ बलमा पाँच रन मात्र बनाउन सक्यो भने अष्ट्रेलियाले तीन बल खेल्दै जित हात पार्यो । 

यस अघि जश इङ्ग्लिसले सर्वाधिक ४८ रन बनाए पनि अष्ट्रेलियाले १६४ रनको चुनौतिपूर्ण योगफल बनाउन सफल भएको थियो । ३२ बलको सामना गरेका उनले पाँच चौका प्रहार गरे । इङ्ग्लिस बाहेक कप्तान आरोन फिंचले २५ तथा मार्कस स्टोनिसले १९ रनको योगदान दिए ।    

अष्ट्रेलियालाई मध्यम स्कोरमा रोक्ने क्रममा श्रीलंकाका दुश्मन्था चमिरावानिन्दु हसरंगाले समान २-२ विकेट हात पार्दा नुवान ठुशारामहिश थिक्षनाले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।

श्रीलंकाको तर्फबाट श्रीलंकाका ओपनर पथुम निसंकाले ५३ बल खेल्दै सात चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ७३ तथा कप्तान दसुन शनाकाले १९ बलमा आक्रामक ३४ रन बनाए पनि अन्य ब्याटरले उल्लेख्य योगदान दिन नसक्दा खेल बराबरीमा सकियो ।

श्रीलंकालाई अन्तिम ओभरमा १९ रन आवस्यक रहेको अवस्थामा तेश्रो बलमा ७९ रन जोडेका निसंका आउट हुँदै पेभेलियन फर्किए पनि महिश थिक्षनाले छक्का र दुश्मन्था चमिराले चौका प्रहार गर्दा खेल बराबरीमा सकिएको हो ।

अष्ट्रेलियाको तर्फबाट खेलको प्लेयर अफ द म्याच घोषित जश हेजलउडले चार ओभर बलिङ गर्दै २२ रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारे ।   

 

Click to comment

Trending